Erani Mahal
भारतबाट ल्याउँदै गरेको अबैध सामान बरामद
baramada
बुधवार जिल्ला रुपन्देही सिद्धार्थनगर नपा ५ स्थितमा प्रहरी हवल्दार सुर्ज बहादुर खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले, भारतबाट नेपालतर्फ ल्याउदै गरेको अबैध सामान बरामद गरेको छ । UP 56 L 3728 नं को मोटरसाईकलमा मोबिल-१५ लिटर र मोटरसाईकलका अन्य पार्टपुर्जाहरु समेत गरी जम्मा सामानको रु ४० हजार र मोटरसाईकलको रु ३० हजार गरी जम्मा रु ७० हजार बराबरको सामान नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै जिल्ला रुपन्देही, मायादेवी गापा ७ बनगाई चोक स्थित प्रहरी जवान गोबिन्द जिसीको कमाण्डमा खटिएको प्रहरी टोलीले, भारतबाट नेपालतर्फ ल्याउदै गरेको ५० केजिको १० बोरा चिनी अन्दाजी रु.४० हजार बराबरको सामान नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update