Erani Mahal
मौसम पूर्वानुमान : आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
mausam
काठमान्डाैं - हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । शुक्रबार प्रदेश १ र २ का एक९दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update