Erani Mahal
दृष्टिबिहीनका लागि तानसेनकाे बजेट पुस्तक 'ब्रेल लिपी'मा समेत प्रकाशित
vv
पाल्पा - तानसेन नगरपालिकाले चालु आव २०७८/०७९ को बजेट पुस्तक ब्रेल लिपीमा प्रकाशित गरेको छ । फरक क्षमता भएका दृष्टिबिहीन नागरिकमा समेत बजेट सम्बन्धी जानकारी र सूचना प्रवाह गर्न उद्देश्यले नगरपालिकाले ब्रेल लिपीमा चालु आवको बजेट सम्बन्धी पुस्तक प्रकाशित गरेको हो । फरक क्षमता भएका दृष्टिबिहीन नागरिककहाँ बजेट सम्बन्धी सूचना पु¥याउन नेपालमै पहिलो पटक आफूहरू यस्तो पुस्तक प्रकाशन गरेर सार्वजनिक गरिएको नगरपालिकाले जनाएको छ । ‘नगरपालिकाको नीति, बजेट तथा कार्यक्रम विभिन्न माध्यम्बाट साधारण नागरिकमा पुगेकै थियो नगरप्रमुख अशोककुमार शाहीले भन्नुभयो फरक क्षमता भएका दृष्टिबिहीन नागरिकका सामु पनि बजेटको सूचना पु¥याउने हाम्रो उद्देश्य हो ।’ नगरपालिकाले फरक क्षमता भएका नागरिकको चाहना र माग अनुसार बजेट पुस्तक ब्रेल लिपीमा प्रकाशित गरेको उहाँले बताउनुभयो । बजेट सम्बन्धी अपाङ्गमैत्री पुस्तक ब्रेल लिपीमा समेत प्रकाशित भएपछि आफूहरूलाई विभिन्न कार्यक्रमबारे जानकारी लिन सहज हुने तानसेनस्थित ब्रम्हाविष्णु आधारभूत विद्यालयका शिक्षक केशव अधिकारीले बताउनुभयो । अहिलेसम्म आफूले दृष्टिबिहीनका लागि भनेर ब्रेल लिपीमा बजेट पुस्तक सार्वजनिक भएको थाहा नपाएको बताउँदै तानसेन नगरपालिकाले नेपालमै उदाहरणीय काम गरेको आफूहरूमाथि सम्मान गरेको अधिकारीको भनाई छ । नगरपालिकाले अपाङ्ग स्वाबलम्बन विकास केन्द्र, तानसेनको प्राविधिक सहयोगमा ब्रेल लिपीमा बजेट पुस्तक प्रकाशित गरेको जनाएको छ । नगरपालिकाले ब्रेल लिपीमा बजेट पुस्तक प्रकाशित गरेर फरक क्षमता भएका नागरिकलाई प्राथमिकता दिएकोमा कृष्ण पराजुलीले धन्यवाद दिनुभयो । उहाँले पछिल्लो समय सामुदायिक विद्यालयमा समेत पाठ्यपुस्तक नीजि प्रकाशनका प्रयोग बढेकाले आफूहरू ब्रेल लिपीका पुस्तक नपाएर समस्यामा परेको बताउनुभयो । उहाँले नगरपालिकाले नीजि क्षेत्रबाट प्रकाशित पाठ्यपुस्तक ब्रेल लिपीमा प्रकाशन गरेर सहयोग गर्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले नगरपालिकाले फकर क्षमता भएका नागरिकको सूचना पाउने अधिकारलाई सम्मान गरेर ब्रेल लिपीमा बजेट सार्वजनिक गर्नु उदाहरणीय कार्य भएको बताउनुभयो । बजेट पुस्तक प्रकाशनलाई समयमै प्रकाशन गर्न सकेको भए अझैँ राम्रो हुने बताउनुभयो । बजेट पुस्तक सार्वजनिक कार्यक्रम नगरप्रमुख अशोककुमार शाहीको अध्यक्षता, उपप्रमुख लक्ष्मीदेवी पाठकको स्वागत र सामाजिक विकास अधिकृत भरत आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update