Erani Mahal
छाला, ओठ र नङको रङ फेरिनु पनि ओमिक्रोनको नयाँ लक्षण
omicron_F3TMh9Zbfb
संसारभरी ओमिक्रोनको गति तीब्र रुपमा बढिरहेको छ । यो भेरियन्टको चपेटमा आइरहेका बिरामीले विभिन्न प्रकारको लक्षणबारे जानकारी दिइरहेका छन् । डाक्टरका अनुसार कोरोनाको प्रमुख लक्षणबाहेक यस्ता पनि केही लक्षण छन् जुन देखिएको खण्डमा तुरुन्त कोभिड परीक्षण गर्नुपर्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले हालै छाला, नङ र ओठको रङ फेरिनु पनि ओमिक्रोनको लक्षण भएको जानकारी दिएको छ । हेल्थ एजेन्सीका अनुसार यस्तो हुँदा कोरोनाको तुरुन्तै परीक्षण गर्नुपर्छ । ओमिक्रोनको यी लक्षण देखिए सतर्क रहनुहोस्ः सीडीसीका अनुसार ओमिक्रोनद्वारा संक्रमित व्यक्तिमा विभिन्न प्रकारका लक्षण देखिएका छन् । भाइरसको एउटा लक्षण हो छाला, नङ र ओठको रङ फेरिनु । सिडिसीले छाला, नङ र ओठ पहेँलो, खैरो वा निलो हुनुले रगतमा अक्सिजनको कमीलाई देखाउने बताएको छ । कोरोना हुँदा रगतमा अक्सिजनको कमी हुन्छ, यस्तोमा यी लक्षण देखिँदा अनुसन्धान गर्न अत्यावश्यक छ । यी समस्यासहित सास फेर्न समस्या हुनु, शरीर दुख्नु, छातीमा दबाब महसुस हुनु, भ्रमित हुनु र लगातार निद्रा लाग्नु पनि ओमिक्रोनको लक्षण हुनसक्छन् । ओमिक्रोनका प्रमुुख लक्षणः सीडीसीलाई मान्ने हो भने शरीरमा भाइरस प्रवेश भएको २ देखि १४ दिनपछि लक्षण अनुभव हुन्छ । यसले साधारणदेखि गम्भीर समस्या निम्त्याउन सक्छ । रुघा, खोकी, घाँटीमा खसखस, ज्वरो, सास फेर्न समस्या, मांसपेशी दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध नआउनु कोरोनाको प्रमुख लक्षणमा समावेश छ । ब्रिटेनको जेडओई कोभिड स्टडी एपका अनुसार कब्जियत, झाडा, ब्रेन फग, सुत्नेबला पसिना आउनु, आँखा सुन्निनु र छालाको कुनै पनि भागमा बिमिरा आउनु पनि ओमिक्रोनको लक्षण हो ।    
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update