Erani Mahal
लुम्बिनीमा ३ पदका लागि ६ जनाको उम्मेदवारी दर्ता
collage_3_PdKZgbjgfC
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको ३ पदको लागि ६ जनाको उम्मेदवार परेको छ । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज ६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोग दाङ्गले जनाएको छ । जसमा नेपाली काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्माले मनोनयन दर्ता गराएका छन् भने नेकपा एमालेको तर्फबाट खुल्लाबाट दाङका रामदयाल गुप्ता, महिलाबाट बाँकेकी भारती खनाल र दलितबाट गुल्मीका कृष्णबहादुर सुनारले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयाे । राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट रिक्त रहेका महिला, दलित र अन्य समुदायका गरी तीन जनाका लागि निर्वाचन हुँदैछ । जसमा लुम्बिनी प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २९३ मतदाता रहेका छन् ।
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update