Erani Mahal
बगनासकाली गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
270241626_3116115031968144_3970175436385409973_n
पाल्पा – पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०७८।७९ को कार्यक्रम तथा योजनाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीले कृषि कार्यक्रम प्रभावकारी संचालन हुनुपर्ने, योजना निर्माणमा ढिलो सुस्ति भएको, सबै वडामा बाटो पुगेको भएपनि वर्षा याममा हिलाम्मे र हिउँदमा धुलाल्मे बाटो भएकोले सर्वसाधारणलाई समेत कठिनाई भएको लगायतका विषयमा गुनासो राखेका थिए । यसै गरि गाउँपालिलका भित्र संचालन गरिने होटल तथा पसल अनुगमनमा ढिला सुस्ती भएको लगायतका विषयमा सेवाग्राहीले गुनासो राखेका थिए । कार्यक्रममा सार्वजनिक सुनुवाई कार्यक्रमका अध्यक्ष एवम गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले सेवाग्राहीबाट आएका जिज्ञासा जवाफ दिदैँ सल्लाह सुझाव आफुहरुको मार्गदर्शकको रुपमा रहेको र सुझावहरुलाई मनन गरि नमूना गाउँपालिका बनाउने कार्यमा लागि पर्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत बिष्णु घर्तीले गत आर्थिक बर्ष २०७७/०७८ तथा चालु आर्थिक बर्ष २०७८/८९ मा भएको गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । प्रमुख प्रशासकृय अधिकृत घर्तीको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७७/०७८ मा भौतिक निर्माण कार्य प्रगति तर्फ नयाँ बाटो ट्रयाक खोल्ने कार्य ८।६ किमि,सडक स्तर उन्नति गर्ने कार्य ७६।८ किमि,खानेपानी योजना निर्माण कार्य १३ वटा भवनतर्फ स वडा कार्यालय भवन निर्माण १ वटा,सामुदायिक भवन निर्माण २२ वटा,विद्यालय भवन निर्माण ५ वटा,स्वास्थ्य चौकी भवन निर्माण ३ वटा,आर सिसि बाटो ढलान ३ सय २९ मिटर,सिचाइ कुलो निर्माण ३२० खेल मैदान निर्माण ५ वटा,नदि नियन्त्रण तथा घाट व्यवस्थापन १ वटा र विद्यालय शौचालय निर्माण २ वटा रहेको बताउनुभयो । जस अन्तर्गत वितिय प्रगति तर्फको चालु र पुजीगत बजेट गरि विनियोजित ४८ करोड ७२ लाख ४३ हजार र खर्च ४० करोड ३१ लाख ८२ हजार ४ सय ७३ रूपैयाँ रहेको र ८२।७४ प्रतिशत रकम खर्च भएको बताउनुभयो । आन्तरिक आय तर्फ ५१ लाख ७० हजार २ सय ९६ रूपैयाँ संकलन भएको बताउनुभयो । गाउँपालिकाले चालू आर्थिक बर्ष २०७८र०८९ मा भौतिक कार्य प्रगतिमा २०९ योजना सम्झौता सख्या,२० वटा योजना सम्पन्न सख्या,५ वटा समपुरकका योजना कार्यारम्भ,प्रशासकृय भवनको इ टेण्डर मुल्यांकनको चरणमा,नक्सा सम्बन्धी सर्जमिनको चरणमा,१०९ किमि बर्षायामको सडक सफा,५ वटा सडक स्तर उन्नति,१ खेल मैदान निर्माण,१ पौवा निर्माण र ७ वटा लक्षित वर्गतर्फका योजना सञ्चालनमा रहेको बताउनुभयो । वितिय प्रगति,प्रथम चौमासिक तर्फको चालू र पुजीगत कुल बजेट ४६ करोड २६ लाख ३२ हजार ४ सय ३७ रहेकोमा खर्च ६ करोड ७८ लाख १३ हजार ५ सय ७९ भएको बताउनुभयो । त्यस्तै संघिय सरकार र प्रदेश सरकारबाट समानीकरण अनुदान,सशर्त अनुदान,समपुरक अनुदान र बिशेष अनुदान गरि ७ करोड ८७ लाख २९ हजार रकम निकास भएको बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा पाल्पा विकास केन्द्रले सहजीकरण गरेका थियो ।
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update