Erani Mahal
पाल्पा अस्पतालका चिकित्सक सहित ९ जनामा काेराेना संक्रमण
corona-gg
पाल्पा – जिल्ला अस्पताल पाल्पाका डाक्टरसहित नौँ जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा कार्यरत चिकित्सक सहित कर्मचारीहरूको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. जगदीश कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार ६ जना मेडिकल अधिकृत, १ जना डेन्टर सर्जन, १ जना ल्याब टेक्निसियन र १ जना प्यारामेडिक्स सहित नौँ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले देशका विभिन्न स्थानमा ओम्नीक्रोन भेरियन्टको समेत संक्रमण देखिएको छ । अस्पतालका चिकित्सक सहित कर्मचारीमा देखिएको भेरियन्टबारे भने खुल्न नसकेको डाँ कुवरले बताउनुभयो । अस्पतालका चिकित्सक र कर्मचारीमा कोरोना संक्रमण भएपछि अधिकांश सेवा अबरुद्ध भएको छ । अस्पतालले अत्यावश्यक आकस्मिक सेवा, सुत्केरी सेवा, वीमा रिफर सेवा, ल्याब, गर्भपत सेवाबाहेक अन्य सबैखाले सेवा बन्द गरेकाे जनाएकाे छ । अस्पतालमा आज बुधबारबाट अधिकांश सेवा बन्द गरिएकाे छ ।
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update