Erani Mahal
बगनासकाली र रम्भाकाे आ-आफ्नै दावी : बालमैत्री गाउँपालिका घाेषणा विवाद
rbb
पाल्पा – पाल्पाका दुई स्थानीय तहका बीचमा बालमैत्री घोषणा गर्ने होडबाजी चलेको छ । जिल्लाको दुई पालिकाले बालमैत्री गाउँपालिका घोषणामा को पहिलो हो भन्ने विषयमा तछाडमछाड गरेको विषय सार्वजनिक रुपमै छताछुल्ल भएको छ । ९ महिनाअघि बगनासकाली गाउँपालिकाले हतारहतारमा बालमैत्री गाउँपालिका घोषणा गरेको थियो । बगनासकालीले लुम्विनी प्रदेशमै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरेको थियो । त्यसैलाई इन्काउन्टर दिदैँ नौँ महिनापछि रम्भाले पुस १९ गते बालमैत्री गाउँपालिका घोषणा ग¥यो । २०७७, चैत १४ गते बगनासकालीले लुम्विनी प्रदेशमै पहिलो बालमैत्री गाउँपालिका भनेर घोषणा नै ग¥यो । बगनासकालीले बालमैत्री घोषणा गरेको नौँ महिनापछि रम्भाले २०७८, पुस १९ गते जिल्लाकै पहिलो बालमैत्री गाउँपालिका घोषणा ग¥यो । यी दुबै घोषणाले अहिले व्यापक चर्चा र आलोचना पाएको छ । बगनासकालीले लुम्विनी प्रदेशमै पहिलो, रम्भाले पाल्पा जिल्लामै पहिलो बालमैत्री गाउँपालिका घोषणा गर्नुको अर्थ के हो ? आम नागरिकले बुझ्न सकेका छैनन् । दुबैको आ–आफ्नो दावी । को सही, को गलत । कुन पालिका हो, पहिलो बालमैत्री ? बगनासकाली गाउँपालिकाले बालमैत्री गाउँपालिका घोषणा गर्नका लागि एनजिओमार्फत २ करोड बढी खर्च गरेको थियो । गाउँपालिकाले आन्तरिक रुपमा अझैँ कति रकम खर्च ग¥यो ? त्यसको हिसाव सार्वजनिक भएको छैन । बगनासकालीले बाल क्लबलाई तालिम दिने, बालबालिकालाई हिंसा बिरुद्ध आवाज उठाउन सिकाउने, बालअधिकार उपयोगमा सरकारी निकायको प्रतिबद्धता, अभिभावक, शिक्षकलाई बालअधिकार सम्बन्धी तालिम, प्रचारप्रसारलगायतमा रकम खर्च गरेको थियो । बालमैत्री गाउँपालिका घोषणा गर्न पूरा गर्नुपर्ने सबैखाले मापदण्ड पूरा गरेर बालमैत्री घोषणा गरिएको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्याल बताउनुहुन्छ । तर घोषणाताका र अहिले बालमैत्री गाउँपालिकाको अवस्था के, घोषणापछि के उपलब्धी हासिल भए, बालमैत्री गाउँपालिका घोषणापछि उपलब्धी के देखियो गाउँपालिकाले सार्वजनिक गर्न सकेको छैन । उता आफूले कानुनी रुपमै सबैबाट मान्यता पाएर जिल्लामै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरेको रम्भाले दावी गरेको छ । जिल्ला समन्वय समिति पाल्पाले पनि सबैखाले सूचक पूरा गरेर रम्भाले पाल्पामा पहिलो पटक बालमैत्री गाउँपालिका घोषणा गर्न लागेको सिफारिस प्रदेश सरकारसमक्ष गरेको रहेछ । जिल्ला समन्वय समिति पाल्पाले निर्धारित सूचक पूरा गरेर रम्भा गाउँपाािलकाले जिल्लामै पहिलो पटक बालमैत्री गाउँपालिका घोषणा गर्न लागेकाले सोही अनुसार प्रदेश सरकारसँग सिफारिस गरेको छ । तर रम्भा गाउँपालिका कसरी बालमैत्री गाउँपालिका बन्यो त्यो विषय कि रम्भाका जनप्रतिनिधि, कि अनुगमन गर्ने समन्वय समितिबाहेक अरुलाई थाहा छैन । स्वतन्त्र निकाय वा विशेषज्ञ पक्षले अनुगमन गरेको सार्वजनिक हुन सकेको छैन । जिसस पाल्पाले जिल्लामा प्रक्रिया पूरा गरेर रम्भा पहिलो बालमैत्री गाउँपालिका बनेको आशयको पत्र दिएपछि बगनासकालीले पुस २० गते विज्ञप्ति निकालेर आफ्नो प्रष्टीकरण दिएको छ । बगनासकालीका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत र फोकल पर्सन प्रमुखले हस्ताक्षर गरेको विज्ञप्तिमा आफ्नो कामको बचाउ गरिएको छ । बगनासकालीले निकालेको विज्ञप्तिमा आफूहरूले बालमैत्री घोषणा गर्नेताका जिल्ला समन्वय समिति, प्रदेश सरकारसँग अनुमति लिन नपर्ने प्रावधान रहेको जनाएको छ । उसले समन्वय समितिलाई आरोप समेत लगाएको छ । आफूहरूले एक वर्षअघि बालमैत्री घोषणा गरेको र जिल्ला समन्वय समितिले समेत अनुगमन गरेको तर प्रतिवेदन नदिएको बरु रम्भा गाउँपालिकालाई पहिलो भनेर सिफारिस गर्नु आपत्तिजनक रहेको बगनासकालीको विज्ञप्तिमा भनिएको छ । यसले जिल्लाका सरकारी निकाय र जनप्रतिनिधिका बीचमा बालमैत्री गाउँपालिका पहिलो हुने होडबाजीले आरोप प्रत्यारोपको क्रम अझैँ चल्ने देखिन्छ । यस्तो आरोपप्रत्यारोप किन भइरहेको छ ? बालमैत्री गाउँपालिकाका को पहिलो, को दोस्रो को तेस्रो भन्ने विषय कति महत्वको हो, वा होइन, भन्ने विषय जनप्रतिनिधि, कर्मचारीले बुझेका छन् की छैनन् ? बालमैत्री गाउँपालिका घोषणा गरेका पालिकाले यो अभियान ताका कति रकम खर्च भए, के कस्ता शीर्षकमा खर्च भए ? भन्ने सार्वजनिक गर्न अझैँ सकेका छैनन् । बालमैत्री गाउँपालिका घोषणामा पहिलो बन्न किन मरिहत्ते गरेका होलान्, कसैले बुझ्न सकेका छैनन ?
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update