Erani Mahal
नेकपा एमाले पाल्पाको अधिवेशनको तयारी तीव्र
270106941_10224403370024563_7125896952299670716_n
पाल्पा – नेकपा एमाले पाल्पाको नवौं अधिवेशनको तयारी तीव्र गतिमा अघि बढेको छ । १०५ जनाको जिल्ला कमिटीका लागि आगामी पौष २३ गते अधिवेशनको मिति तोकिएको छ । एमाले पाल्पाको अधिवेशनका लागि पाल्पाका सबै वडा तथा पालिकाबाट प्रतिनिधि छनौटको काम सुरु भएको नेकपा एमाले पाल्पाका अध्यक्ष नारायणप्रसाद आचार्याले जानकारी दिनुभयो । अधिवेशन भव्य रुपमा सम्पन्न गर्नका लागि तानसेन नगरकमिटी र तानसेन–९ को वडा कमिटी सक्रिय बनेको उहाँले जानकारी दिनुभयो। आचार्यले अधिवेशनका लागि विभिन्न उपसमिति गठनका काम सम्पन्न भईसकेको जनाउँदै प्रतिनिधि छनौट पनि सहज तरिकाले भएको बताउनुभयो । एमाले नगर कमिटीका अध्यक्ष गराँस आत्रेयले जिल्लाभरी प्रतिनिधि छनौटमा कुनै समस्या नभएको भन्दै एमालेप्रति अहिले जनताको विश्वास बढेको बताउनुभयो । उहाँले जिल्लाभरबाट ६७० जना प्रतिनिधि छनौट हुने जानकारी दिनुभयो । उहाँका अनुसार भूमिगत कालपछि पाल्पामा पहिलो पटक ग्रामिण क्षेत्रमा अधिवेशन गर्न लागिएको हो । अधिवेशनमा सहभागी हुने प्रतिनिधिको निर्वाचन पूर्ण लोकतान्त्रिक प्रकिया र समावेशी प्रतिनिधित्त्वका आधारमा हुनेछ । अधिवेशनलाई पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बोधन गर्ने एमाले पाल्पाले जनाएको छ । अधिवेशनले एमालेलाई नयाँ उर्जा दिने एमालेका नेताहरुले दावी गर्दै आएका छन् । एमालेका युवा नेता ठाकुर गहिरेले एमालेको अधिवेशनले पार्टीलाई थप एकताबद्ध बनाउने र सबैको भावनालाई एकीकृत बनाउन सहयोग पुग्ने बताउनुभयो । अध्यक्षमा पाँच जनाको दावी उता एक जना अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष नारायणप्रसाद आचार्य, उपाध्यक्ष मोहन थापा, सचिव ओम बहादुर घर्ती मगर, पूर्व अपाध्यक्ष देवीप्रसाद बस्याल र सविधानसभा सदस्य नारायणी आचार्यको दावी छ । सकेसम्म सहमतिका आधारमा अध्यक्ष टुङ्ग्याउने स्रोतको भनाई छ । यस्तै उपाध्यक्ष र सचिव पदका लागि पनि दुई भन्दा बढीको दावी रहेको छ । उद्यपी अध्यक्ष सहितका पदमा आकांक्षीले सार्वजनिक रुपमा भने उम्मेदवार बन्ने घोषण गर्नुभएको छैन । पार्टीमा एउटा पक्ष हावी भएकाले पनि एमालेभित्र विभिन्न पदमा खुलेर उम्मेदवार हुँ भनेर बोल्ने नसक्नेको बाक्लै लिस्ट छ । स्रोतका अनुसार केन्द्रबाटै नेतृत्वका लागि नाम प्रस्ताव आउने र सोही नाममै सहमति हुने सम्भावना बढी छ । उद्यपी अधिवेशन नसकिँदासम्म नेतृत्वमाको चयन हुने हो अहिने नै भन्न सक्ने अवस्था भने छैन ।
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update