Erani Mahal
पत्रकार महासंघ पाल्पाद्वारा स्थापना दिवसको अवसरमा प्रवाह बुलेटिन र वेबसाइट सार्वजनिक
IMG-20220103-WA0016
पाल्पा – नेपाल पत्रकार महासंघ पाल्पाले ३० औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ पाल्पाले प्रवाह बुलेटिन र वेभसाइट सार्वजनिक गरेकोे हो । विस २०४९ सालमा १९ जना सदस्यहरुले पाल्पा शाखा स्थापना भएको थियो ।       पाल्पा शाखा ३० औं स्थापना दिवसको अवसरमा संस्थापकहरु र पाल्पा शाखाका पुर्व अध्यक्षलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ । नेपाल पत्रकार महासघका केन्द्रीय महासचिव रोशन पुरीले प्रवाह बुलेटिनको विमोचन र वेभसाइटको सार्वजनिक गर्नुभएकोे छ । कार्यक्रममा बोल्दै महासचिव रोशन पुरीले पत्रकार महासघको विधानले पत्रकारलाई दलमा रहन नपाउने व्यवस्था, पाल्पा मार्फत स्थानीय तहको चुनावमा उम्मेदवार बन्नेहरु सदस्यता छोडेर जानुपर्ने अनुरोध गर्नुभयो । उहाँले पत्रकारहरूलाई राजनीतिक दलबाट आवद्धता होइन, श्रमजीवी पत्रकारहरुको साँझा संस्थाको रुपमा पहिचान बनाउन र सरकारी मिडियालाई जनमुखी बनाउनुपर्ने बताउनुभयो ।     संस्थापक अध्यक्ष मेघराज शर्माले पाल्पामा शाखा स्थापना गर्न २० जना सदस्य नपुगेर गुल्मीबाट एक जना पत्रकार ल्याएर गठन गरिएको अनुभव सुनाउनुभयो । उहाँले पाल्पाको पत्रकारिकता निष्ठा, इमान्दारिकता पत्रकारिकता लागि पहिचान बनाएकोे बताउनुभयो । निष्ठा र आदर्श पत्रकारिकता क्षेत्रमा पाल्पा शाखा केन्द्रबाट सम्मान भएको उहाँले बताउनुभयो । प्रेस स्वतन्त्रताका पक्षमा बोलिरहनुपर्ने छैन, व्यवहारमा देखाउनुपर्ने उहाँले बताउनुभयो । निष्पक्ष भाषण गरेर पनपक्षको व्यवहार गरिरहने चलनको अन्त्य गरी निष्पक्ष व्यवहार गर्नुपर्ने हुन्छ । प्रदेश सभा सदस्य नारायण आचार्यले समानुपातिक विज्ञापन वितरण प्रणालीलाई व्यवस्थित गरी स्थानीय मिडिलालाई बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले विज्ञापन वितरण प्रणाली केन्द्रीकृत रहेकोले यसलार्ई समानुपातिक रुपमा वितरण गर्न माग गर्नुभयो ।     तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले पत्रकारिता नहुँदा सूचना विहिनता जस्तो समाज हुने बताउनुभयो । पाल्पाका पत्रकारहरुको उचाई अन्य क्षेत्रका पत्रकारहरुको भन्दा फरक हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले झोलामा रहेको पत्रकार महासघको भवनलाई निर्माणमा नगरपालिकाले सहयोग गर्नुभयो । उहाँले तानसेन नगरपालिकाले पत्रकारको क्षमता विकास तथा पत्रकारहरुको हितका काम गरिरहेको बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी आचार्यले समाजमा देखिएका सबै प्रकारका कमीकमजोरीहरु सञ्चार माध्यमले उठाउनुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधि, दलहरुका कमीकमजोरीहरु उठान गरी सुधार गर्नुपर्ने बताउनुभयो । समाजमा सबै भन्दा बढी पत्रकारिता क्षेत्रलाई सम्मानको आवश्यक रहेको उहाँले बताउनुभयो ।   रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले स्थानीय तहका कामहरुको पत्रकारहरुले अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारिकतामा लागेका व्यक्तिहरुलाई समाजमा परिचित हुनुपर्ने बताउनुभयो । पाल्पाका पत्रकारहरुले लेखन राम्रो हुनुपर्ने उहाँले बताउनुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगनाथ पन्थले सञ्चार क्षेत्रमा काम गर्ने पत्रकारहरु परिवर्तनका संवाहक पनि हुनुहुन्छ । पत्रकारिता गर्ने पत्रकारहरुमाथि जोखिम पनि उतिकै मात्रामा रहेको पाइन्छ । गणतन्त्र नेपालमा पत्रकारिकता गर्ने पत्रकारहरु माथि जोखिम कम हुँदै गएको छ । पत्रकारिकता विश्वसनिय हुनुपर्ने कुरामा प्रजिअ पन्थले जोडदिनुभयो । नेपाली काँग्रेसका जिल्ला अध्यक्ष हिमालदत्त श्रेष्ठले नेपाल पत्रकार महासघ पाल्पा शाखाको तीस वर्षे यात्रा पुरा गरेको इतिहास रहेको बताउनुभयो । वास्तविक पत्रकारहरुको महासघबाट छुटेका पत्रकारलाई आवद्ध गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । पत्रकारहरुले उचित पारिश्रमिक पाउन नसकेको अवस्था रहेको बताउनुभयो । पत्रकारिकता क्षेत्र धरासायी हुने अवस्था रहेकोले स्थानीय तहको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । नेकपमा माओवादी केन्द्रका जिल्ला सदस्य मथुरा ढकालले प्रवाह बुलेटिनबाट पाल्पाको पत्रकारिकता सम्वन्धि ज्ञान हासिल गर्न सकिने बताउनुभयो । हाम्रो परम्परागत पत्रकारितालाई नयाँ डिजिटल पत्रकारिकताले विस्थापित गरेको उहाँले बताउनुभयो । सूचना प्रविधिमा आधारित पत्रकारिकताका माध्यमबाट अगाडि बढ्दा पत्रकारिकता पेशा जोगाउन सकिने उहाँले बताउनुभयो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डेय (कमल)ले नेपाल पत्रकार महासघले जनयुद्ध देखि विभिन्न समयमा खेलेको भूमिकाहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले लोकतन्त्रको सुन्दरपक्षहरु अनुसरण गरी अघि बढ्नुपर्ने  बताउनुभयो । जनता समाजवादीका जिल्ला अध्यक्ष नवीन सुनुवारले पाल्पाका पत्रकारहरुले अग्रगामी परिवर्तनमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले स्वतन्त्रत पत्रकारिकता जोगाउन पत्रकारहरुको साथ सहयोग गर्नुपर्ने बताउनुभयो । पाल्पाली जनता सुनका थालमा बसेका जनता हुन, उनीहरुको पक्षमा कलम चलाउनुपर्ने उहाँले बताउनुभयो । राप्रपाका जिल्ला अध्यक्ष डुल बहादुर कुँवरले मुलुकाको परिर्वतन, जनतालाई चेतना वृद्धि तथा राम्रो काम सार्वजनिक गर्न मिडियाको भूमिका प्रभावकारी हुने बताउनुभयो । उहाँले पत्रकारहरुको राजनीतिक आस्था राखेपनि पत्रकारितामा आस्थाको झल्को देखिन नहुने बताउनुभयो । रामोर्चाका पूर्व अध्यक्ष विशाल दर्लामीले नेपालको राजनैतिक परिर्वतनका खातिर पत्रकारहरुको गौरवमय इतिहास रहेको बताउनुभयो । पाल्पाको राजनैतिक परिवर्तनका पत्रकार जगतको उल्लेखिय सहयोग र इतिहास रहेको उहाँले बताउनुभयो । पत्रकारिकताको मुख्य कर्मबाट बाहिर गएको भन्ने चिन्ता नागरिकमा आएकोले सही दिशामा पत्रकारिता गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । पत्रकारलाई पत्रकारका रुपमा चिनिने भन्दा पनि नेताका रुपमा परिचय बनाउन थालेकोले प्रतिको कार्यले पत्रकार आचायसंहिता विपरित भएको उहाँले बताउनुभयो ।पत्रकारिकता गौरवपूर्ण तथा चुनौती पूर्ण पेशाका रुपमा रहेको र यसलाई जनपक्षिय बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । पूर्व अध्यक्ष राजेश कुमार अर्यालले पाल्पाली पत्रकारहरुको लागि जीवनवृद्धि, समानुपातिक विज्ञापन, नेपाल पत्रकार महासघको सवलीकरणमा सहयोग आवश्यक रहेको छ । पूर्व अध्यक्ष झपेन्द्र गहिरेले दल र पत्रकारहरु एकजुट भई राजनैतिक परिवर्तन सम्भव भएको बताउनुभयो । पाल्पाको पत्रकार महासघ दम भएको नागरिक समाज भएको उहाँले बताउनुभयो । उहाँले सबैको साझा संस्थाहरुको रुपमा नेपाल पत्रकार महासघ रहेको अवगत गराउनुभयो । संस्थापक देवी प्रसाद बस्यालले महासंघका सदस्यले संस्थागत हितका लागि मात्र काम गर्नुपर्ने बताउनुभयो । महासघका अगुवाई केही विशिष्ट काम गर्न वातावरण सिर्जना होस भनी शुभकामना व्यक्त गर्नुभयो । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले पाल्पाको विकासमा पत्रकारिकता क्षेत्रको सहयोगको आवश्यक रहेको बताउनुभयो । पत्रकारले राम्रो लेखिदिए पाल्पाको पर्यटन क्षेत्रको विकास हुने उहाँले बताउनुभयो । सल्लाहकार कमल तिमिल्सेनाले पाल्पाको परिर्वतनमा अग्रणीय भुमिका खेलेका पत्रकारिता क्षेत्र अप्ठारो पर्दा स्थानीय तहहरु सम्वेदनशिल नभएको बताउनुभयो । स्थानीय मिडियाको सवलीकरणमा स्थानीय तहको विशेष चासो राख्नुपर्ने उहाँले बताउनुभयो । पूर्व अध्यक्ष गोविन्द भट्टराईले पत्रकार महासघको संस्थागत विकासका लागि टेवा दिन आग्रह गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य शाखाका उपाध्यक्ष भरत शर्मा र सञ्चालन सचिव यक्षमुत्ति तिमिल्सेना, कार्यक्रमको अध्यक्षता अध्यक्ष रेखीराम रानाले गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update