Erani Mahal
पाल्पाको हेक्लाङ्मा जीप दुर्घटना : ५ जना घाइते !
Jeep_accident
पाल्पा– जिल्लाको रम्भा गाउँपालिका हेक्लाङ्मा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । सोमवार विहान हेक्लाङ्ग बाट तानसेन आउदै गरेको जिप सालबासमा दुर्घटना भएकाे हाे । लु १ ज २६०७ नम्बरको जीप दुर्घटनामा परेर पाँच जना घाइते भएको श्रीनगर यातायात व्यवसायी कम्पनीका प्रबन्धक भविन्द्र गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार जीप बाटोबाट करिब १ सय मिटर तल खसेको छ । घटनामा १ जना गम्भिर घाइते भएको र घाइतेलाई उपचारको लागि तानसेन ल्याउँदै गरेको छ । घटनास्थलमा स्थानीय र प्रहरीकाे सहयाेगमा उद्धार कार्य चलेकाे र दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन ।
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update