Erani Mahal
पाल्पा अस्पतालबाट दैनिक निशुल्क रुपमा कोरोना खोप लगाइने !
271050637_223916719917115_3179703724783095194_n
पाल्पा– जिल्लाको सरकारी अस्पताल पाल्पा जिल्ला अस्पतालबाट प्रत्येक दिन निशुल्क रुपमा कोरोना विरुद्धको कोभिड खोप दिइने भएको छ । कोरोना विरुद्धको कुनै पनि खोप लगाउन छुटेका १८ वर्ष माथिका नागरिकहरुलाई मातृशिशु स्वास्थ्य क्लिनिक (एमसिएच) क्लिनिकबाट प्रत्येक दिनको २ बजेदेखि खोप लगाइने अस्पतालले जनाएको छ । अस्पतालले एक सूचना जारी गर्दै खोप लगाउन छुटेका नागरिकहरुले खोप लगाएर कोरोना विरुद्धको जोखिम न्यूनिकरणको लागि सहयोग गर्न आग्रह गरिएको छ ।
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update