Erani Mahal
पाल्पाको प्रभास–जोर्ते सुरुङ्मार्ग निर्माणमा संभाव्यता अध्ययन गरिने !
269651448_985709368689557_7965778904608096911_n
पाल्पा– जिल्लाको सिद्धार्थ राजमार्गको तानसेन बुटवल खण्डको प्रभासदेखि तानसेन तमघास सडक खण्डको जोर्तेसम्म सुरुङ्ग मार्ग निर्माणको लागि संभाव्यता अध्ययन गरिने भएको छ । नेपाल सरकार सडक विभागले यो सडक सँगै देशका थप पाँचवटा सडकमा टनेल निर्माणको लागि संभाव्यता अध्ययनको लागि परामर्शदाता छनौट गर्न सूचना जारी गरेको छ । विभागले बाग्लुङ विउ नरेठाँठी रोड, फुस्रेखोला छोरेपाटन पोखरा–स्याङ्जा गौरीखोला रोड, रारा राजमार्गकमो कुसेपाटन जाजरकोट, जुम्ला रोड टनेल, पाल्पाको प्रभास–जोर्ते रोड टनेल र तथले रव्विपोट रोड भक्तपुरको लागि सुरुङ मार्ग निर्माणको लागि संभाव्यता अध्ययनको लागि पौष १५ गते सूचना जारी गरेको छ । पाल्पाको जोर्ते सडक खण्ड साँघुरो र चिप्लो भएका कारण वर्षिनी सडक दुर्घटना हुँदा ठूलो मात्रामा धन जनको क्षति व्यहोर्नु पर्दछ । आइतवार पनि यहि सडक खण्डमा मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यू भएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update