Erani Mahal
पाल्पा बस दुर्घटना : वीरबहादुरका मलामी हिँडेका ७ जना घर फर्कन पाएनन् !
accident palpad
पाल्पा – आइतबार बिहान वीरबहादुर रसालीकाे शबसहित मलामी लिएर हिडेको बस दुर्घटना हुँदा सात जनाकाे मृत्यु भएकाे छ । रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–१७ का ६७ वर्षीय वीरबहादुर विक शब सहित मलामी हिडेका दुई छाेरासहित ३० भन्दा बढी मलामी बाेकेकाे बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको हो । उक्त दुर्घटनामा परेर एक जना छोरासहित आफन्तजन गरी सात जनाको मृत्यु भयो । मलामीसहित रिडीघाटमा हिडेको लु १ ख ७२७९ नम्बरको बस आइतबार बिहान १०:४० बजे रिब्दीकोट–२, लघुवामा दुर्घटना भएको प्रहरीले जनाएको छ । अत्याधिक गतिका कारण बस ओसिलो स्थानमा चिफ्लिएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । दुर्घटनाम परी १६ जना घाइते भएका छन् । दुर्घटनामा परी बुटवल–१७ का २७ वर्षीय पशुपति रसालीको मृत्यु भएको छ । उहाँ मृतक वीरबहादुरका छोरा रहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी बुटवल–१७ कै ४० वर्षीय खुमबहादुर राना, बुटवल–११ का ३२ वर्षीय विजय थापाक्षेत्री, अर्घाखाँची जिल्ला मालारानी–२ का २८ वर्षीय भाजेन्द्र विकको मृत्यु भएको छ । यस्तै अर्घाखाँची जिल्ला मालारानी–२, का २६ वर्षीय शङ्कर विक र मालारानी गाउँपालिका–२ का मोहन कुँवर र अर्घाखाँची जिल्ला मालारानी–२, का ३३ वर्षीय अर्जुन विक रहनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । यस्तै दुर्घटनामा परेर बुटवल १७ का ३८ वर्षीय, विशाल रसाइली, अर्घाखाँची कुभिण्डेका ४३ वर्षीय लालबहादुर विक, बुटवल १७ का ४५ वर्षीय घनबहादुर सुनार, सैनामैना ६, का ५० वर्षीय श्यामबहादुर विक, अर्घाखाँची मालारानी–२, का ३७ वर्षीय रमेश टोमटा रहनुभएको छ । यस्तै अर्घाखाँची डाँडाकटेरी–१ का ५४ वर्षीय गोपाल नेपाली, सैनामैना–६, रूपन्देहीका २९ वर्षीय मीरा रामधान घाइते हुनुभएको छ । यस्तै बुवटलका ४८ वर्षीय माधव बस्याल, मालारानी अर्घाखाँचीका २२ वर्षीय दिपक विक र तुल्सी विक रहनुभएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेहरूमा नौँ जनाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ भने सात जनाको मिसन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि नेपाल प्रहरी, शसत्र प्रहरी र स्थानीय बासिन्दाले घाइतेको उद्दार गरेका थिए । दुर्घटनापछि फरार रहेका रम्भा गाउँपालिका–१, पाल्पाका चालक रुक्मागत बस्याल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक सन्तोष भट्टराईले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update