Erani Mahal
पाल्पा लघुवा बस दुर्घटना अपडेट : मृतक सातमध्ये ५ जनाकाे  सनाखत
268536085_678000800035568_1963090719466248601_n
पाल्पा- पाल्पाको लघुवामा अाइतबार बिहान बस दुर्घटना हुँदा मृतक सातमध्ये ५ जनाकाे सनाखत भएकाे छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा बुटवल-१७ का २७ वर्षीय पशुपति रसाली, बुटवल-१७ कै ४० वर्षीय खुमबहादुर राना, बुटवल-११ का ३२ वर्षीय वजिय थापाक्षेत्री, अर्घाखाँची जिल्ला मालारानी-२ का २८ वर्षीय भाजेन्द्र विक, साेही स्थानकै २६ वर्षीय शङ्कर विक रहनुभएकाे छ । थप दुइ जनाकाे पहिचान हुन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयाे । प्रहरीका अनुसार घाइते १५ जनाकाे उपचार भइरहेकाे छ । घाइतेमध्य ९ जना लुम्वनी मेडिकल कलेज, प्रभास र ६ जनाकाे मिसन अस्पतालमा उपचार भइरहेकाे छ ।
प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update