Erani Mahal
पाल्पा लघुवा बस दुर्घटना अपडेट :  १३ घाइतेकाे नामावली सहित !
268502277_354277416507246_4935936570858087473_n
पाल्पा- पाल्पाको लघुवामा अाइतबार बिहान बस दुर्घटना भएको छ । लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुदा ७ जनाको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लुम्विनी मेडिकल कलेजमा ७ र मिसन अस्पतालमा ६ जना घाइतेहरूकाे उपचार भइरहेकाे छ । घटना स्थलमा प्रहरी, स्थानीय बासिन्दा, सशत्र प्रहरी लगायतकाे टाेलीले उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयाे । बुटवलकाे देवीनगरबाट शब लिएर रिडी गएकाे बस दुर्घटनमा परेका उहाँले जानकारी दिनुभयाे । घाइतेहरूमा बुटवल १७ का ३८ वर्षीय, विशाल रसाइली, अर्घाखाँची कुभिण्डेका ४३ वर्षीय लाल बहादुर विक, बुटवल १७ का ४५ वर्षीय घनबहादुर सुनार, सैनामैना ६, का ५० वर्षीय श्यामबहादुर विक, अर्घाखाँची मालारानी-२, का ३७ वर्षीय रमेश टाेमटा रहनुभएकाे छ । यस्तै अर्घाखाँची डाँडाकटेरी-१ का ५४ वर्षीय गाेपाल नेपाली, सैनामैना-६, रूपन्देहीका २९ वर्षीय मीरा रामधान घाइते हुनुभएकाे छ । यस्तै बुवटलका ४८ वर्षीय माधव बस्याल, मालारानी अर्घाखाँचीका २२ वर्षीय दिपक विक र तुल्सी विक रहनुभएकाे छ । घाइतेमध्ये १ जनाकाे अवस्था गम्भीर छ । घाइतेहरूमा ७ जनाकाे लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेकाे छ भने ६ जनाकाे मिसन अस्पतालमा उपचार भइरहेकाे छ । मृतककाे पहिचान खुल्न सकेकाे छैन । मृतककाे शब बसले च्यापिएकाले निकाल्न समय लागेकाे छ ।
प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update