Erani Mahal
देउराली सामुदायिक विकासको साधारणसभा सम्पन्न
nnnn
पाल्पा - देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड निस्दी-६,अर्चले,पाल्पाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टेक बहादुर सोमैको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संस्था पाल्पाका अध्यक्ष भूपति पाण्डेय रहनुभएको हो । कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि पाण्डेयले उत्पादनमुखी कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रम वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारीले विभिन्न अवरोध र समस्याबाट स्थापना गरिएको संस्थालाई व्यवस्थित बनाउन सबैले जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रम कार्यापालिका सदस्य मिम्श्री बयम्बु,वडा सदस्य कृष्ण बहादुर सोमै,अर्चले स्वास्थ्य चौकी प्रमुख मीन बहादुर राना लगायतकाले बोल्नुभएको थियो । जम्मा ८३८ जना शेयर सदस्य रहेको संस्थामा हालसम्म ३ करोड ७६ हजार ३२७ रुपैयाँको आर्थिक कारोबार गरिएको कोषाध्यक्ष सिर्जना खण्डलुद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमा जनाइएको छ । संस्थाका अध्यक्ष सोमैले संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत,आगामी वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा ९ जना जेष्ठ नागरिक शेयर सदस्य,८ जना गरीब तथा जेहेन्दार छात्रवृत्ति,उत्कृष्ट बचतकर्ताहरुलाई समेत सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष महेन्द्र बयम्बुको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन सचिव होम राई मगरले सन्चालन गर्नुभएको हो ।
प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update