Erani Mahal
रामपुरमा मुनस्टारको भलिवल प्रतियोगिता हुने
प (1)
पाल्पा- मुनस्टार युवा क्लबको आयोजनामा पाल्पाको रामपुरमा गाउँ स्तरीय खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगीता हुने भएको छ । आगामी पुष १६ देखि महिला र पुरुष तर्फको नकआउट र टिटि सिस्टममा खेल हुने पत्रकार भेटघाट आयोजना गरि क्लबले जनाएको छ । हालसम्ममा महिला पुरुष भलिवल खेलको लागि १ दर्जन बढी क्लबले नाम दर्ता गरिसकेको खेल संयोजक राजन आलेले जानकारी दिनुभयो । सम्पर्कमा रहेका र खेल दर्ताको अन्तिम समयमा आएर दर्ता गर्ने प्रचलन साथै खुला आयोजना भएकोले ३० टिमको सहभागिता रहन सक्ने अनुमान रहेको संयोजक आलेको भनाई छ । खेलको तयारी अन्तिम चरणमा पुगेको खेल प्रचारप्रसार समिति संयोजक देवराज पंगेनीले बताउनुभयो । बिजयपुर माझटोलमा हुने खेलको लागि चौर सफा गर्ने, आर्थिक स्रोत व्यबस्थापन, लगायतका काम भैरहेको उहाले जानकारी दिनुभयो प्रतियोगिता अन्तर्गत खुला पुरुष भलिबल तर्फ प्रथम, द्दितिय र तृतीय पुरस्कार क्रमशः ३०हजार, २०हजार र १०हजार सहित मेडल र प्रमाणपत्र छ । महिला भलिवल तर्फ प्रथम पुरस्कार १० हजार र द्धितिय पुरस्कार ५ हजार रहेको आयोजकले जानकारी दिएको छ । खेल नेपाल भलिबल संघको नियम अनुसार हुनेछ । सोही अबसरमा रामपुर नगरपालिका वडा न ६ का वडाअध्यक्ष हुमनाथ न्यौपानेले स्वस्थ्य शरीर र सामुहिकताको लागी खेल महत्त्वपूर्ण रहेको बताउनुभयो । पहिले बाल क्लबको रुपमा रहेको जुनतारा (मुनस्टार) क्लब सामाजिक र खेलकुदमा सक्रिय हुदै बि स.२०७५ साल देखि युवा क्वलका रुपमा परीणत भएको हो । खेल संयोजक राजन आलेको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सुदिप गैरेले गर्नु भएको हो ।
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update