Erani Mahal
नवज्योति साकोसको साधारण सभा सकियो
269885325_3072585266391628_3075865982711197395_n
पाल्पा - नवज्योती वचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर न.पा. ८ पाल्पाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै रामपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष बोमबहादुर नामजालीले सहकारीले खेलेको भुमिकाको प्रशंसा गर्दै सहकारीले धेरै सदस्यको जिवनस्तर उकास्न मद्धत गरेको बताउनुभयो । कार्यक्रममा वडा सदस्य गिता क्षेत्री, सहकारी सस्थाका लेखा समिति संयोजक एकराज अर्याल, ऋण समिति संयोजक नारदप्रसाद अर्याल, शिक्षा समिति संयोजक चन्द्रबहादुर थापा, कोषाध्यक्ष लक्ष्मी न्यौपाने, प्रकाश अधिकारी लगायतले सहकारीको मर्म र यसले समुदायमा पुर्‍याएको फाइदाबारे आफ्ना भनाई राख्नु भएको थियो । झन्डै १२ बर्ष अघि रामपुर ८ मा स्थापना भएको सहकारीमा अहिले ३२ लाख ८५ हजार ५ सय शेयर पुँजी छ भने कुल १ करोड ७६ लाख ९० हजार ६ सय ७१ रुपया २४ पैसाको कारोबार रहेको सहकारीले जनाएको छ । सहकारीले उत्कृष्ट शेयर सदस्यहरु सावित्रा न्यौपाने, सीताकुमारी शाही, गम्बर सिं रामजाली, भिमबहादुर नामजालीलाई सम्मान गरेको छ भने अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको छ । संस्थामा हाल ३ सय ४२ जना सेयर सदस्य रहेका छन् । सहकारीका अध्यक्ष योगराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष अर्यालले वार्षिक प्रतिवेदन र व्यवस्थापक यम बहादुर परियारले आगामी वर्षको नीति तथा कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । संस्थाका पूर्व अध्यक्ष सूर्यप्रसाद अर्यालको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव भुवन अर्यालले गर्नुभएको हो ।
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update