Erani Mahal
पाल्पाकाे  रामपुरमा ‘मेयरसँग बालबालिका’ कार्यक्रम प्रभावकारी
Rampur-Nagarpalika
पाल्पा – रामपुर नगरपालिकामा सञ्चालन भएको ‘मेयरसँग बालबालिका’ कार्यक्रम प्रभावकारी भएको छ । अनाथ बालबालिकाहरुलाई लक्ष्यित गरीे ल्याइएकोे ‘मेयरसँग बालबालिका’ कार्यक्रमले बालबालिकाहरुको पठनपाठनमा सहयोग पु¥याएको छ । अभिभावक गुमाएका अनाथ बालबालिकाको पठनपाठनमा हौसला प्रदान गर्न े रामपुर नगरपालिका–७ ले यो कार्यत्रम सञ्चालन गरेको हो । यस कार्यक्रमअन्तर्गत वडा कार्यालयले वर्षेनी बजेट विनियोजन गरी अभिभावक गुमाएका बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउने गरिएको छ । बुबाआमा गुमाएर पठनपाठनमा समस्या झेल्दै आएका बालबालिकाका लाभान्वित भएका छन् । वडाले शैक्षिक सामग्री उपलब्ध गराउन थालेपछि बालिबालिका उत्साहित हुँदै विद्यालय जाने गरेको पाइएको पनि बताइएको छ । आधारभुत मावि कक्षा १० मा पढ्ने तेजकुमारी विक पठनपाठनमा शैक्षिक सामग्री पाउँदा घरमा कापी कलम किन्ने समस्या हटेको बताउनुभयो । उहाँले आफूहरु जस्ता अनाथ बालबालिकालाई सम्झेर ल्याएको यस कार्यक्रमले पढाइमा आत्मबल बढेको बताउनसभयो । यसवर्ष वडाले आधारभूत माविमा २९ जना, विजय प्राविमा १२, संयुक्त प्राविमा १०, अकला प्राविमा आठ र आनन्द निकेतन विद्याश्रममा १२ जना अनाथ बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउँदैछ । शैक्षिक सामग्रीको अभावमा विद्यालयमा नियमित आउन नसकिरहेका बालबालिका पनि कापी, कलम, झोलालगायतका सामग्री उपलब्ध भएपछि विद्यालय आउन थालेका पाइएको सो वडा कार्यालयले जनाएको छ । वडाले विसं २०७५ मा ६५ जना, २०७६ मा ६० जनालाई शैक्षिक सामग्री वितरण गरेको । यसवर्ष ७१ जना बालबालिकालाई छनौट गरिएको वडा सदस्य दुर्गादेवी भण्डारी गौतमले जानकारी दिनुभयो । विसं २०७७ मा लक्षित वर्गको रकम कोभिड–१९ मा खर्च गरेको जनाएको थियो ।
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update