Erani Mahal
निस्दीको ज्यामिरेमा पहिलो पटक बिजुली बल्यो : स्थानीय बासिन्दा खुसी
bijulii
पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-७,ज्यामिरेमा पहिलो पटक बिजुली बत्ती बलेको छ । विगत लामो समय देखि बिजुली बत्तीको पर्खाइमा रहेका निस्दी ज्यामिरे, चारघरे गाउँमा पहिलो पटक बत्ती पुगेपछि दंग भएका हुन् । सामुदायिक बिद्धुतका लागि पैसा बुझाएको धेरै वर्ष हुँदा समेत बत्ती नपुग्दा निराश भएका स्थानीय जनता अहिले भने उत्साहित भएका हुन् । साविक ज्यामिरे गाउँ बिकास समितिको वडा नम्बर-१,चारघरे ज्यामिरेको बिजुली बत्ती उपभोग गर्ने पहिलो टोल बनेको छ । हाललाई करीब ८० घरपरिवारमा बिजुली बत्ती बाल्न सफल भएको ज्यामिरेमा चाडै नै बिस्तार गरिने गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताउनु भएको छ । उद्घाटन कार्यक्रममा बोल्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि आसनबाट उक्त कुरा बोल्नुभएको हो । कार्यक्रममा वडा नम्बर-६,अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारीले स्थानीयको सहयोग,मेहनत र खबरदारीले बिजुली बाल्न सकिएको भन्दै सम्बन्धित सबैलाई धन्यवाद दिनुभएको थियो । बिजुली बत्ती आएपछि विद्यार्थीहरुलाई पढ्न, रेडियो सुन्न र टिभी हेर्नका लागि सजिलो हुने र टुकीको भरमा बस्नु नपर्ने स्थानीय मुक्त बहादुर पाटाले बताउनु भएको छ । लालीगुराँस सामुदायिक बिद्धुत सहकारी संस्था निस्दीका अध्यक्ष दुर्ग बहादुर सोमैको अध्यक्षतामा चलेको कार्यक्रमको सन्चालन स्थानीय गोपाल सोमैले गर्नुभएको हो ।
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update