Erani Mahal
पाल्पाकाे निस्दीमा चितुवा आतंक : गाेठका बस्तुभाउँमाथि आक्रमण
cc
पाल्पा - निस्दी गाउँपालिका पाल्पाको विभिन्न स्थानमा चितुवाको आतंक बढेको छ । गोठमा राखेको गाईवस्तुलाई रातीको समयमा आएर खाए पछि स्थानीयमा त्रास उत्पन्न भएको स्थानीय लिलाराम राईले बताउनुभएको छ । वडा नम्बर-४,मित्याल झ्याल्टुङ्गका रेवन सिं गाहा र वडा नम्बर-६, अर्चलेको पोखराभन्ज्याङ्गका पृथीमान राईको गएराति गोठमै पसेर गोरु मारेको हो । यसरी चितुवा गाउँमै पसे पछि स्थानीय बासिन्दा भने घाँस, दाउरा, मेलापात गर्न समेत बाहिर जान डराएका छन् । यता स्थानीय प्रशासन भने रातिको समयमा नहिड्न र वनमा एक्लै नजान आग्रह गरेको छ । पछिल्लाे समय जिल्लाभर नै चितुवाकाे आतंक बढेकाे स्थानीय बासिन्दाकाे गुनासाे बढेकाे छ । चितुवाले घरपालुवा पशुपंक्षी खाइदिने गरेकाे स्थानीय बासिन्दाकाे गुनासाे छ ।
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update