Erani Mahal
रोटरी क्लब रामपुरले दियो विद्यार्थीलाई शैक्षिक सामाग्री र न्यानो कपडा
267349547_1100772624030812_2519523372064386075_n
पाल्पा - रोटरी क्लब रामपुरले विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरेको छ । गतबर्ष स्थापना भएको रोटरी क्लब रामपुरले सामाजिक क्षेत्रमा सक्रिय रहदै रामपुर नगरपालिका वडा नम्बर ४ रेवतीपोखरामा रहेको लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेको हो । संस्था स्थापना भए लगत्तै निस्दी गाउँपालिकाका २ विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको थियो । रोटरी क्लब रामपुरका कोषाध्यक्ष बाबुराम श्रेष्ठ, क्लबका पब्लिक स्टेन्डिङ कमिटि चियर दुर्गादेवी राना र रोटरीयन पुन नारायण श्रेष्ठको आर्थिक सहयोगमा रोटरी क्लबले विद्यालयका ४० जना विद्यार्थीलाई जाडो मौसममा लगाउनै स्कुल सुइटर र कापी कलम प्रदान गरेको हो । रोटरी क्लब रामपुरका संस्थापक अध्यक्ष राजु प्रसाद श्रेष्ठले रोटरी क्लबको उदय र क्लबले गरेको गतिविधिबारे जानकारी दिनुभएको थियो । अध्यक्ष श्रेष्ठले कोभिड महामारीको जटिल परिस्थितिमा जन्मिएपनि रोटरीले कोभिड रोकथामका उपायँमा आफुलाई प्रस्तुत गरेको बताउनुभयो । स्थापनाको छोटो समयमा सामाजिक उत्तरदायित्च निभाउदै रोटरीले विश्वमा संक्रमणको रुपमा फैलिएको कोभिड रोकथामका लागि ५० शैंयाको रामपुर अस्पताल, फन्ट लाइनमा खटिने रामपुर क्षेत्रमा क्रियाशिल पत्रकार र इलाका प्रहरी कार्यालयका प्रहरीलाई मास्क, सेनिटाइजर, गोल्ब्स, पिपिई सेट सहितको स्वास्थ्य सामाग्री वितरण गरेको बताउनुभयो । छिमेकी निस्दी गाउँपालिकाका २ विद्यालयका विद्यार्थीलाई यस अघि न्यानो कपडा र कापी कलम हस्तान्तरण गरेको छ । अध्यक्ष श्रेष्ठले रोटरीले अब छिट्टै रामपुर क्षेत्रका सिमा नाकामा सन्देशमुलक होडिङ बोर्ड राख्ने, रोटरी डायरी प्रकाशन गर्ने, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, बृक्षारोपण लगायतका काम गर्ने योजनामा रहेको जानकारी दिनुभयो । रोटरी क्लबका इलेक्टेड प्रेसिडेन्ट रुद्रनारायण श्रेष्ठले रोटरी क्लब समाजसेवा गर्ने माध्यम भएको बताउनुभयो । विश्वमा समाजको हितमा लाग्न संघर्ष गर्नेहरुले रोटरी स्थापना गरेको बताउदै रामपुर क्षेत्रमा यहाँको रोटरीले पनि विद्यालयका जेहन्दार विद्यार्थीलाई पठनपाठनमा हौसला मिलोस् भनेर शैक्षिक सामाग्री प्रदान गरेको बताउनुभयो । क्लबका कोषाध्यक्ष बाबुराम श्रेष्ठले रामपुर रेवतीपोखराको क्षेत्रलाई समेटेर यस बर्षको शुरुवाती कार्यक्रम गर्न अग्रसर भएको बताउनुभयो । रोटरीले अन्य क्षेत्र र विधामा समेत काम गर्दै जाने उहाँको भनाई छ । क्लबका पब्लिक स्टेन्डिङ कमिटि चियर दुर्गादेवी रानाले रामपुर बजारबाट नजिक रहेपनि बसाईसराईले असर पारेको नजिकको विद्यालयका विद्यार्थीमाझ कार्यक्रम ल्याएको बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सिर्जना घिमिरे, रोटरीयन पुननारायण श्रेष्ठले रोटरी क्लबले खेलेको भुमिकाबारे बोल्नुभएको थियो । विद्यालयका प्रध्यानध्यापक नर बहादुर रानाले बसाई सराईले विद्यार्थी कम हुँदा विद्यालय चल्ने अबस्था नै कमजोर हुने गरेको बताउनुभयो । विद्यालयको दिगो स्रोत विद्यार्थी धेरै नहँदा कसरी चल्ने भन्ने बेला रोटरी क्लबले गरेको सहयोगले धेरै मद्धत पुगेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सन्तोष गौतमले गर्नुभएको हो ।
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update