Erani Mahal
पाल्पामा स्काउट सम्बद्ध पालिका संयोजकहरूको बैठक सम्पन्न
269823363_315397627155500_3363707650037500959_n
पाल्पा - नेपाल स्काउट पाल्पा जिल्लाको सम्पूर्ण स्थानीय तहको पालिका स्तरीय संयोजकहरुको बैठक मंगलबार बसेको छ । तानसेन नगरपालिका स्काउट तदर्थ समितिका संयोजक माधव खनालको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथि दमकडा स्काउट व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार अर्याल रहनुभएको हो । बैठकमा बोल्नु हुँदै मुख्य पाहुना अर्यालले यस अघि पाल्पामा स्काउटको प्रभाव राम्रो भएको बताउदै तर केही समय सुस्ताएकोलाई अब प्रभावकारी ढंगबाट सन्चालन हुनेमा विश्वासता रहेको बताउनुभयो । बैठकले स्काउटका समितिहरुको शपथ ग्रहण,पालिकाबाट विनियोजित रकमको व्यवस्थापन र कार्यान्वयन बारे महत्त्वपूर्ण निर्णय गरेको छ । दमकडा माध्यमिक विद्यालय तानसेनको हलमा सम्पन्न भएको बैठकको लुम्बिनी प्रदेशका स्काउट सचिवालय सदस्य जीवन आचार्यले सहजीकरण गर्नुभएको हो । पाल्पाका विभिन्न स्थानीय तहका संयोजकहरुको उपस्थिति रहेको बैठकको सन्चालन तदर्थ समिति तानसेनका सदस्य धनपती गैरेले गर्नुभएको हो ।
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  २२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update