Erani Mahal
गुल्मी अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढे
Gulmi-adalat3
जिल्ला अदालत गुल्मीमा केही वर्षयता सम्बन्धविच्छेदका मुद्दा बढेका छन् । चालु आर्थिक वर्षको पाँच महिना अर्थात गत साउनदेखि मंसिरसम्म सम्बन्ध विच्छेदका मुद्दामात्र १३४ वटा परेको जिल्ला अदालतका तहसिलदार रामबहादुर कुँवरले बताउनुभयाे । जसमध्ये ८० मुद्दाको फैसला भइसकेको छ भने ५४ मुद्दाको फैसला हुन बाँकी छन् । आर्थिक वर्ष ०७७/०७८ मा सम्बन्ध विच्छेदका १८९ मुद्दा परेका थिए । तीमध्ये १५७ वटामा फैसला भएको छ । सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्नेमा २० वर्षदेखि ३० वर्षभित्रका युवायुवती धेरै रहेका तहसिलदार कुँवरले बताउनुभयाे । मुलुकी देवानी संहिता २०७४ ले सम्बन्ध विच्छेदका विषयमा केही सहज व्यवस्था गरेका कारण मुद्दा बढेको कुँवरको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update