Erani Mahal
तानसेन–तम्घास सडक खण्ड आजदेखि दैनिक ६ घण्टा बन्द
266667358_265227085596214_3806302936242637259_n
पाल्पा – तानसेन–तम्घास सडक खण्ड आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । आजदेखि तानसेन नगरपालिका र रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रमा सडक चौडा बनाउने र पहाड कटान् काम गरिरहेकाले पुस २२ गतेसम्म सडक बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ ।   हरेक दिन बिहान ९ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म गाडी आवतजावतमा रोक लगाइएको हो । आजदेखि २२ गतेसम्मका लागि दैनिक छ घण्टाका दरले १० दिनसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो । पहाड कटान गरी माटो र ढुङ्गा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गरी काम गर्न थालिएको प्रमुख लम्सालले बताउनुभयो । पाल्पाको हार्थोक–रिडी क्षेत्रको जोर्तेमा साँघुरो सडकका कारण दुर्घटना र सडक बन्द हुँदै आएको थियो ।  
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update