Erani Mahal
पाल्पाको मुझुङ्मा तरुल खन्न गएका व्यक्ति मृत फेला !
dath
पाल्पा– जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको मुझुङमा तरुल खन्न गएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । आइतवार विहान ११ बजेतिर घरबाट खाना खाइ गोरु चराउन र तरुल खन्न भनी घरबाट जंगलतर्फ गएका वर्ष ५२ का दानबहादुर सोमै अवेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उहाँ सोमवार अन्दाजी १२ बजेको समयमा रैनादेवी छहरा ४ स्थित गनगैराको जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीलाई जानकारी आएपछि प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update