Erani Mahal
तानसेन–तम्घास सडकखण्ड भोलिदेखि पुस २२ गतेसम्म दैनिक ६ घण्टा बन्द
266478297_589184805486237_3520535923385670598_n
पाल्पा – तानसेन–रिडी–तम्घास सडक खण्ड चौँडा गर्नका लागि १० दिन सडक बन्द गरिने छ । पुस १२ गतेदेखि पुस २२ गतेसम्मका लागि दैनिक छ घण्टाका दरले १० दिनसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।     सडक डिभिजन कार्यालय पाल्पाका अनुसार पुस १२ गतेदेखि पुस २२ गतेसम्मका हरेक दिन बिहान ९ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म  सवारीसाधनलाई आवतजावतमा रोक लगाएर पहाड कटान गर्न सडक बन्द गर्न लागिएको हो । उक्त सडक खण्डको जोर्ते भिर क्षेत्रको पहाड कटान् गर्न र समयमा कार्य सम्पन्न गर्नका लागि सडक बन्द गरेर काम गर्नुपरेको सडक डिभिजन पाल्पाका प्रमुख रामेश्वर  लम्सालले बताउनुभयो ।  
प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update