Erani Mahal
पाल्पामा मोटरसाइकल र बस ठोक्किदा एकको मृत्यु
accident
पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ अर्घाछापमा मोटरसाइकल र बस ठोक्किदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा कालिगण्डकी गाउँपालिका – १ छापडाडा घर भई हाल रुपन्देही तिलोत्तमा नगरपालिका–३ बनवाटीका बस्ने ३७ वर्षीय टिका राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभएकोे छ । उहाँका अनुसार आइतबार साझ ६:४५ बजे पाल्पाबाट बुटवल तर्फ जादै गरेको लु ४९ प २०७७ नम्बरको मोटरसाईकल र सोहि दिशा तर्फ जादै गरेको ग १ ख ४२६१ नम्बरको बससँग ठक्कर खान जाँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनाबाट घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाईएमा उपचारकै क्रममा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बस चालक पुतली बजार नगरपालिका –३ बस्ने ५८ वर्षीय तिर्थराज उपाध्यायलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update