Erani Mahal
निस्दीमा चौथो अध्यक्ष कपको उपाधि पुरुष तर्फ बाकामलाङ महिला तर्फ गल्धालाई
269702759_522133648769550_7682580877217276936_n
होम राई मगर,पाल्पा - निस्दीमा पौष १० गते देखि जारी चौथो अध्यक्ष कपको पुरुष तर्फको उपाधि बाकामलाङ र महिला तर्फको गल्धाले हात पारेको छ । पालिका स्तरीय खेलकुद प्रतियोगिता उपभोक्ता समिति निस्दी,पाल्पाद्वारा आयोजित चौथो अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुष तर्फ बाकामलाङ्गले गल्धा र महिला तर्फको खेलमा गल्धाले मित्याल माथि जीत हासिल गरेको हो । पुरुष तर्फको खेलमा बाकामलाङ्ग र गल्धा बिचको खेलमा हिजो १-१ को बराबरीमा समय अभाव भए पछि आज भएको खेलमा बाकामलाङ्गले गल्धालाई ३-१ को अन्तरमा बिजयी भएको हो भने सहलकोटले तृतीय स्थान हासिल गरेको छ । यसैगरी महिला भलिबल तर्फ २-० को अन्तरमा वडा नम्बर-५,गल्धाले वडा नम्बर-४,मित्याल माथि जीत हासिल गरेको छ भने वडा नम्बर-२,सहकोटले तृतीय स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा पुरुष तर्फ बिजेता,उपबिजेता,तृतीय हुने समूहलाई क्रमशः नगद ५० हजार,३५ हजार,२० हजार र महिला तर्फ नगद ३० हजार,२० हजार र १० हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र वितरण गरिएको छ । पुरस्कार बितरण गर्नु हुँदै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले खेलको माध्यमबाट समेत आफुलाई चिनाउन सकिने भन्दै खेदकुदको बिकासमा आफू कटिबद्ध रहेको बताउनुभयो । समितिका अध्यक्ष प्रदीप ज्ञवालीको अध्यक्षता चलेको कार्यक्रमको सन्चालन सचिव प्रेम बहादुर बाकाबलले गर्नुभएको हो ।
प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update