Erani Mahal
पाल्पामा दश हजार बढी मतदाता थपिए (तथ्यांक सहित)
विशेष कार्यक्रम २०७८
पाल्पा – जिल्ला निर्वाचन कार्यालय पाल्पाले सञ्चालन गरेको मतदाता नामावली संकलन अभियानबाट १० हजार बढी मतदाता थपिएका छन् । गत मंसिर १७ गते देखि पुस ८ गतेसम्म जिल्लाभर संचालन भएको मतदाता नामावली संकलन अभियानबाट १० हजार २ सय ४५ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले बताउनुभयो । जिल्लाका विभिन्न पालिकाका केन्द्रमा संकलन गरिएको फोेटो सहितको मतदाता नामावलीमा ४ हजार ८ सय ९० जना महिला र ५ हजार ३ सय ५५ जना पुरुषको मतदाता नामावली संकलन गरिएको उहाँले बताउनुभयो । जिल्लाको रामपुर नगरपालिकामा सबै भन्दा बढी २५ सय ४१, निस्दी गाउँपालिकामा १३ सय ५७, तिनाउ गाउँपालिकामा ७ सय ५६ जनाको मतदाता नामावली सङ्कलन भएको छ । यस्तै पूर्वखोलामा ५ सय ७१, बगनासकालीमा ६ सय ३५, माथागढीमा ५ सय ७८, रम्भामा ९ैँ सय ८८, रिब्दीकोटमा ४ सय ४५ र रैनादेवी छहरामा ९ सय ५४ जना मतदाताको नामावली सङ्कलन भएको निर्वाचन अधिकारी अर्यालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update