Erani Mahal
दश हजार बढी मतदाता थपिए
267341054_500114954674279_971253698988213769_n
पाल्पा – जिल्ला निर्वाचन कार्यालय पाल्पाले सञ्चालन गरेको मतदाता नामावली संकलन अभियानबाट १० हजार बढी मतदाता थपिएका छन् ।   गत मंसिर १७ गते देखि पुस ८ गतेसम्म जिल्लाभर संचालन भएको मतदाता नामावली संकलन अभियानबाट १० हजार २ सय ४५ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले बताउनुभयो । जिल्लाका विभिन्न पालिकाका केन्द्रमा संकलन गरिएको फोेटो सहितको मतदाता नामावलीमा ४ हजार ८ सय ९० जना महिला र ५ हजार ३ सय ५५ जना पुरुषको मतदाता नामावली संकलन गरिएको उहाँले बताउनुभयो । जिल्लाको रामपुर नगरपालिकामा सबै भन्दा बढी २५ सय मतदाता थपिएका छन् । त्यसपछि निस्दी गाउँपालिकामा १३ सय बढी नयाँ मतदाता थपिएका छन् । जिल्लाका कतिपय स्थानीय तह आफैँले खर्च गरेर वडा–वडामा समेत मतदाता नामावली संकलन अभियान चलाएका थिए ।
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update