Erani Mahal
नवप्रतिभा साकोसको २४ औँ बार्षिक साधारण सभा सम्पन्न
269766005_590399168718527_2019732535611846120_n
नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको २४ औँ वार्षिक साधारण सभा पाल्पाको रामपुरमा मनाएको छ । ३ प्रदेश र ५ जिल्लामा सेवा दिदै आएको सहकारीले सेवा क्षेत्र अन्तर्गत रामपुरमा साधारण सभा मनाएको हो ।   पाल्पा, नवलपरासी, नवलपुर, रुपन्देही र चितवन जिल्लामा सेवा दिदै आएको संस्थाले पाल्पाको निस्दी गाउँपालिका र रामपुर क्षेत्रका सेयर सदस्यलाई मध्यनजर गर्दै सहजता लागि रामपुरमा साधारण सभा गरेको हो । यस्तै संस्थाले अन्य स्थानमा पनि सेयर सदस्यलाई सहज बनाउन चरणबद्ध रुपमा पायक पर्ने स्थानमा साधारण सभा कार्यक्रम आयोजना गरेको छ । पाल्पा रामपुरको होटल न्यु श्रीनगरमा भएको साधारण सभा संस्थाका अध्यक्ष चन्द्रमणी खरेलको अध्यक्षतामा भएको हो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कार्यक्रमको उद्घाटन गर्नुहुदै सहकारीले नागरिकको जीवनस्तर उकास्न ठूलो भूमिका खेलेको बताउनुभयो । उहाँले अहिले गाउँघरमा सहकारीको पहुँच पुगेसंगै नागरिकले सहज रुपमा आर्थिक कारोबार गर्न पाएका छन् भने सानो पुँजीबाट उद्यम गर्नेहरु बढेको बताउनुहुन्छ । नगर उपप्रमुख विष्णुददेवी घिमिरे आचार्यले सहकारीमा महिलाको बाहुल्यता रहेको बताउनुहुदै वचत गर्ने बानीले भबिष्यलाई ठूलो सहयोग पुग्ने बताउनुभयो । उहाँले संस्था स्थापना गरेर मात्र हुदैन, त्यसलाई संरक्षण र व्यवस्थापन गर्न सकियो भने राम्रो प्रतिफल लिन सकिने बताउनुहुन्छ । कार्यक्रममा शहीद बहुमुखी क्याम्पस रामपुरका अध्यक्ष देवराज ढकाल, अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाले बोल्नुहुदै कार्यक्रम सफलताको कामना गर्नुभयो । कार्यक्रमका अवसरमा संस्थाको विकास संगै पूँजी बृद्धिमा योगदान पुर्याउनुभएका व्यक्ति, उत्कृष्ट वचतकर्ता, केन्द्र, उत्कृष्ट व्यवसायी, ज्येष्ठ नागरिक, शेयर सदस्य, विद्यार्थीलाई सम्मान गरिएको छ । संस्थाका कार्यकारी निर्देशक रामप्रसाद कालेले स्वागत गर्नुहुदै सहकारीले संचालन गरेका गतिबिधिबारे जानकारी गराउनुभएको छ ।     संस्थाका अध्यक्ष चन्द्रमणी खरेलले अध्यक्षको प्रतिवेदन, सचिवको प्रतिवेदन सह सचिव जोगमाया महत्तो, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष सापकोटा, लेखा सुपरिवेक्षकको प्रतिवेदन संयोजक आनन्दराज पौडेलले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका बरिष्ठ प्रबन्धक बिमला पाठकले गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ठ अतिथि, अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको छ । यस संस्थामा हाल चालिस हजार भन्दा बढी सेयर सदस्य आबद्ध छन् । नवलपरासी बर्दघाट सुस्तापूर्व मध्यबिन्दु नगरपालिका आरुङ्गखोलामा केन्द्रिय कार्यालय रहेको संस्थाले हाल लुम्बिनी प्रदेशको पाल्पा, रुपन्देही, नवलपरासी, गण्डकी प्रदेशको नवलपुर, बागमती प्रदेशको चितवन भरपुर सम्म कार्यक्षेत्र बिस्तार गरी सेवा दिएको छ । गाउँका २७ जना युवाहरु मिलेर रु चार सय उठाएर स्थापना गरिएको सहकारीले २४ औँ वार्षिक साधारण सभा सम्म आइपुग्दा धेरै प्रगति गर्न सफल भएको छ । संस्थाले ३२ वटा सेवाकेन्द्रमार्फत नागरिकलाई सेवा दिदै आइरहेको छ ।
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update