Erani Mahal
निस्दीमा चौथो अध्यक्ष कप खेलकूद प्रतियाेगिता शुरु
269297021_452930573062852_4513345624260737635_n
पाल्पा- निस्दी गाउँपालिका पाल्पामा चौथो अध्यक्ष कप खेलकूद प्रतियाेगिता आजबाट शुरु भएको छ । निस्दी खेलकुद समन्वय समितिको आयोजनामा र निस्दी गाउँपालिका पाल्पाको आयोजनामा प्रतियोगिता सन्चालन भएको हो । समितिका अध्यक्ष प्रदीप ज्ञवालीको अध्यक्षतामा चलेको उद्घाटन कार्यक्रमका मुख्य पाहुना गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको हो । कार्यक्रममा बोल्दै मुख्य पाहुना सारुले खेलकुदको बिकास हुन युवाहरुको भूमिका महत्त्वपूर्ण रहने बताउदै निस्दीले भलिबल लगायत अन्य खेलहरुमा समेत योजना बनाउनु पर्ने बताउनुभएको छ । कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष रीता कुमारी अर्याल,खेल संयोजक उमेश गाहा लगायतकाले बोल्नुभएको थियो । आज भएको पुरुष तर्फको पहिलो खेलमा गल्धाले झिरुबासलाई २-० को र सहलकोटले मित्याललाई २-० को सोझो सेटमा आफ्नो पक्षमा खेल पारेको छ । यसैगरी महिला तर्फको खेलमा सहलकोटले अर्चलेलाई २-० को अन्तरमा विजयी भएको छ । दल बहादुर जर्घा स्मृति खेल मैदान ढुंगानाबेसी गल्धामा सन्चालन भएको खेलमा निस्दीका सातै वडाको सहभागिता रहेको छ । समितिका सदस्य धन बहादुर जर्घाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन सचिब प्रेम बहादुर बाकाबलले गर्नुभएको हो ।
प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update