Erani Mahal
रेसुङ्गा र मदाने क्षेत्रकाे वनलाइ उत्पादनमुलक काममा लगाइदै
resunga-ban-xetra-gulmi
अनिल खत्रि गुल्मी- नेपाल पंक्षी संरक्षण संघ गुल्मीले संरक्षित वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जंगलको संरक्षण र सम्वद्र्धनसँगै जीविकोपार्जनका लागि महत्वपूर्ण काम गर्दै आएको छ । रेसुङ्गा र मदाने वन क्षेत्रमा स्थानीयलाई विभिन्न आयआर्जनका कामहरुमा लगाएर वन क्षेत्रलाई संरक्षण र संवद्धन गर्न महत्पूर्ण काम गर्दै आएको हो । गुल्मी जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा पंक्षी संरक्षण संघले डिभिजन गुल्मीको सहकार्यमा दुर्लभ चराहरुको खोजी गरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई आयआर्जनका कार्यक्रममा सहभागी गराएको छ । जसले गर्दा मानिसहरु घरकै काममा व्यस्त रहने र वन क्षेत्रको अतिक्रमण रोकिने लक्ष्य दिइएको छ । संरक्षण संघले रेसुङ्गा नगरपालिकाको पराल्मी र भाडागाउँ गुल्मी दरवारको बलीथुम र जुभुङ्गमा र मालिका गाउँपालिकाकको अर्खाबाङ्ग र ह्वाङदी दुर्लभ चराहरुको खोजी गरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई आयआर्जनका कामहरुमा सहयोग गर्दै आएको छ । जसले गर्दा २ हजारको उब्जनी गर्ने जग्गामा २० हजारदेखि ३० हजारसम्म कमाइ गर्न थालेका छन् । आयआर्जनका गाउँमा बाँझिदै गएका जग्गाहरुमा तरकारी खेती गर्न तर्फ कृषकहरु उत्साहित भएका छन् । पूख्यौली खेती गर्दै आएका स्थानीयलाई तालिम र विभिन्न सहयोगले आम्दानी पनि हुने गरेको गुल्मी दरवार वडा २ झिरवास निवासी होमबहादुर थापाको भनाई छ । पंक्षी संरक्षण संघले गुल्मीदरवार गाउँपालिकामा गरेका कार्यक्रमहरुको डिभिजन वन कार्यलयका प्रमुख प्रभात सापकोटा सहित टोलीले स्थलगत अध्ययन गरेको छ । स्थलगत अनुगमनका क्रममा स्थानीयले अकबरे खुर्सानी, च्याउ, टमाटर खेती गरेको पाइएको थियो । तरकारी खेती गर्दा पानीको मुख्य समस्या रहेको कृषकहरुको गुनासो रहेको थियो । नेपाल पंक्षी संरक्षण संघ गुल्मीले संरक्षित वन रेसुङ्गा र मदानेमा क्षेत्रसँग जोडिएका विभिन्न उपभोक्ताहरुलाई जीविकोपार्जनसँगै वन क्षेत्रको संरक्षण सँगसँगै लैजानुपर्ने भनेर वन संरक्षण जीविकोपार्जन सुधारका क्रियालपाहरु गरिदै आएको छ । वन क्षेत्रमा मानिसको चाप घटाउने र कृषि मार्फत जीविकोपार्जनमा सुधार ल्याउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका सहायक परियोजना अधिकृत भरत पन्थीले बताउनुभयाे । वन क्षेत्रमा पानीका पोखरी निर्माण समूह मार्फत स्थानीयलाई टनेल मार्फत तरकारी खेती, बिउबिजन वितरण गर्दै आएको पन्थीले बताउनुभयाे । वन तथा पंक्षी संरक्षण गर्न आयआर्जनका कार्यक्रमले मुख्य भूमिका खेल्ने भएकाले पनि यस्ता कार्यक्रमहरु गरिदै आएको हो । नेपाल पंक्षी संरक्षण संघ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रमले गुल्मीका दुर्लभ चराहरुको खोजी गरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जंगलको संरक्षण र संवद्र्धनसँगै जीविकोपार्जनका लागि महत्वपूर्ण काम गरेको छ । पंक्षी संरक्षण संघ गुल्मीले जिल्लाको रेसुङ्गा र मदानेमा नेपालमा पाइने नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये ३५ प्रतिशत रहेको तथ्य फेला परेको छ । रेसुा क्षेत्रमा २५३ वटा र मदाने वन संरक्षित क्षेत्रमा २ सय ६४ वटा प्रजातीका चराहरु फेला परेको पन्थीले बताउनुभयाे । रेसुङ्गा र मदाने क्षेत्रमा विश्वकै दुर्लभ चराहरु चीर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध रहेका छन् । दुर्लभ चरा भेटिएपनि बासस्थानमा परिवर्तन, विद्युतीकरण, चोरी शिकारी, वन डढेलो, बिजुलीका पोलहरु, बढ्दो रासायनिक पर्दाथको प्रयोग र दूरसंचार आवृत्ति जस्ता चुनौती रहेको पन्थीले बताउनुभयाे । रेसुङ्गा वन संरक्षण क्षेत्रको जंगल क्षेत्र ७ हजार ९ सय ३ हेक्टर रहेको छ । त्यस्तै मदाने वन संरक्षण क्षेत्रमा ५ हजार ७ सय २१ हेक्टर क्षेत्रफल रहेको छ । यी क्षेत्रमा विश्वव्यापी रुपमा लोपोन्मूख गिद्धको बासस्थान रहेको पाइएको छ । नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुर लगायत चराहरु भेटिएको छ ।
प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update