Erani Mahal
वायु प्रदूषणका कारण स्वास्थ्यमा हुने ८ असर र प्रदूषण नियन्त्रण गर्ने उपायहरु
pollution1617205618
वायु प्रदूषण र स्वास्थ्यमा हुने असरहरुबारे जानकारी वायुमण्डल हाम्रो पर्यावरणको एउटा महत्वपूर्ण अंग हो। वायु हावा बिना हामीले केही मिनेटमात्र बाँच्न सक्छौं। बाँच्नको लागि नभई नहुने वायु हावा नै प्रदुषित भयो भने यसले हाम्रो स्वास्थ्यलाई राम्रो गर्दैन। कुनैपनि हानिकारक रसायनिक, भौतिक वा जैविक तत्वहरु वायुमण्डलमा मिसियो भने यसलाई वायु प्रदूषण भनिन्छ। वायु प्रदूषणको कारणले मानिसलाई मात्र नभएर अन्य जीवजन्तुहरु साथै पर्यावरणलाई पनि असर पुर्‍याइ रहेको हुन्छ। वायु प्रदूषणको प्रकार घर भित्रको वायु प्रदूषण घर बाहिरको वायु प्रदूषण   वायु प्रदूषणका कारणहरु –धुलो –कलकारखानाबाट निस्कने धुवाँ –धुँवा निकाल्ने साधनहरु –वनजंगलमा डढेलो –काठ, इन्धन, वा फोहर तथा प्लास्टिक बालेर निस्कने धुँवा –धुम्रपानको धुँवा आदिबाट निस्कने ग्यासहरु जस्तै– कार्बनडमइअक्साइड, मिथेन, नाइट्रसअक्साइड, अमोनिया, सल्फरडाइअक्साइड, सिसा, आदि वायु प्रदूषणको मुख्य कारणहरु हुन्।   वायु प्रदूषणका कारण हुने स्वास्थ्यमा असरहरु –मुटु तथा रत्तनली सम्बन्धी रोग हुने जोखिमलाई बढाउँछ। –श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग दमको रोग –दीर्घ श्वासप्रश्वास अवरोध रोग –फोक्सोको क्यान्सरको जोखिमलाई बढाउँछ। –मस्तिष्कघात हुने जोखिमलाई बढाउँछ। –आँखा, नाक र घाँटिको संक्रमणहरुको जोखिम बढाउँछ। –कम तौल भएको बच्चा जन्मने –अवदि नपुग्दै बच्चा जन्मने   वायु प्रदूषण नियन्त्रण गर्ने उपायहरु –धुम्रपान नगर्ने। –धुँवा रहित चुल्लोको प्रयोग गर्ने। –धुँवा निकाल्ने सवारी साधानहरुको सट्टा धुँवा ननिकाल्ने साधनहरु प्रयोगमा ल्याउने। –कारखानाहरु शहरी क्षेत्र र आवास क्षेत्रहरु भन्दा टाढा निर्माण गर्ने। –वन विनाश नगर्ने, वृक्ष रोपण गर्ने। –घरबाहिर निस्किदा मास्कको प्रयोग गर्ने।
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update