Erani Mahal
बेथल स्कुलमा लेख – रचना लेखन सम्वन्धि कार्यशाला सम्पन्न
IMG_3340
पाल्पा- बेथल बोर्डिङ स्कुल तानसेनमा गठित बेथल बाल क्लबले विद्यालयको कक्षा ७ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुको लागि “लेख–रचना लेखन सम्वन्धी एक दिने कार्यशाला” को आयोजना गरेको छ । विद्यार्थीहरुलाई पाठ्यक्रममा आधारित समाचार लेखन सिप विकास संगंसंगै विभिन्न पत्रपत्रिका, पुस्तक, जर्नलमा लेख रचना लेख्न सक्षम बनाउने उद्देश्यका साथ आयोजित कार्यशाला अग्रज पत्रकार, लेखक तथा प्रशिक्षक गोपालप्रसाद बस्यालले सहजिकरण गर्नु भएको थियो । सो क्रममा प्रशिक्षक बस्यालले विद्यार्थीहरुलाई लेखक बन्ने तरिकाहरु, लेखन शैलीका ढाँचा, शब्द छनौट, लेख समाचार लेखनका स्रोत पहिचान र संकलन, प्रस्तुतीकरणका शैली जस्ता विषयहरुको प्रशिक्षण संगै लेख लेखनको अभ्यास समेत गराउनु भएको थियो । लेख रचना सृजना गरी विद्यार्थीहरुको लेखनशैली अभिवृद्धि गर्ने संगै भविष्यमा राम्रो लेखक बनेर आफ्ना कृतिहरु प्रकाशित गरि जीवन्त रहने बाटोमा लाग्न प्रेरित गर्ने उद्देश्यका साथ विद्यार्थीहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजन गरिएको कुरा विद्यालयका प्रिन्सिपल खेमबहादुर सारुले बताउनु भयो । सो कार्यक्रममा विद्यार्थी बिशाल गैरे र सोफिया चिदीले आ–आफ्नो अनुभव व्यक्त गर्नु भएको थियो । साहित्य तथा प्रकाशन समिति इन्चार्ज ताराकुमारी रानाले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रम बेथल बाल क्लबका उपाध्यक्ष रञ्जना गाहाको स्वागत, सचिव बिशन गहतराजको सञ्चालन तथा अध्यक्ष विदुषी रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update