Erani Mahal
सहलकोटमा पशु रोगको संक्रमण
Bhaisir-
पाल्पा- निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोट,पाल्पाको सुकेकोटमा एक हप्ता अगाडी देखि अज्ञात रोगका कारण पशुहरु संक्रमीत भएका छ्न। स्थानीय तिलविर रानाका अनुसार पशुले र्‍याल काढ्ने, ज्वरो आउने,खानेकुरा नखाने जस्ता लक्षण देखिने उपचारको क्रममा कुनै पनि औषधिले काम नगरेको र पशु मर्ने भएको छ। निस्दी गाउँ पालिका पशु शाखा संयोजक ओम मस्राङ्गीका अनुसार हालसम्म ६ वटा बाख्रा, २ वटा भैंसी, गोरु १ र एउटा बङगुर मरि सकेको छ। शाखाको तर्फबाट ९ भैंसी, ९० बाख्रा र ८ वटा गोरुलाइ लक्षण अनुसार प्राथमिक उपचार गरेको छ भने रोगको पहिचानका लागि काठमाडौमा नमुना पठाएको छ । पशु शाखा संयोजक मस्राङ्गीले खोरेट रोगको शंका भएको र उपचारका लागि २ जना ग्रामीण पशु स्वास्थ कार्यकर्ता संक्रमीत स्थलमा नै पुर्ण रूपमा खटाएको बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update