Erani Mahal
रनगुवा कपको उपाधि निस्दीको बाङ्लाङ्गलाई
266420592_1845283512344930_2982143843743465165_n
होम राई मगर,पाल्पा - रनगुवा कप-२०७८ को उपाधि निस्दी गाउँपालिका वडा नम्बर-५,बाङलाङ्गले हात पारेको छ । रनगुवा स्पोर्ट्स क्लब निस्दी-६,अर्चले,रनगुवा,पाल्पाको आयोजनामा सम्पन्न भएको कपको उपाधी बाङ्लाङ्गले हात परेको हो । जम्मा १५ समूहको सहभागिता रहेको खेलमा आयोजक टीम उपबिजेता र निस्दीकै सिसिङ्गाको समूहले तृतीय स्थान हासिल गर्न सफल भएका थिए । प्रथम,द्वितीय,तृतीय हुने समूहले क्रमशः नगद ३० हजार,२० हजार र १० हजार रुपैयाँ सहित ट्रफी,मेडल,प्रमाणपत्र वितरण गरिएको थियो । क्लबका अध्यक्ष लाल बहादुर बयम्बुको अध्यक्षतामा चलेको पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष मेख बहादुर सुनारी रहनुभएको हो । कार्यक्रममा पुरस्कार सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update