Erani Mahal
कमला प्राथमिक विद्यालय अर्चलेको ३१ औं वार्षिकोत्सब सम्पन्न
1639655561184
पाल्पा- कमला प्राथमिक विद्यालय निस्दी-६,अर्चले,रनगुवा,पाल्पाको ३१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक सिं खण्डलुको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्य पाहुना वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारी रहनुभएको हो । कार्यक्रममा बोल्दै मुख्य पाहुना सुनारीले शिक्षाको गुणस्तर सुधार्नु आजको आवश्यकता रहेको बताउदै शिक्षक तथा अभिभावकहरुको भुमिका महत्त्वपूर्ण रहने बताउनुभयो । कार्यक्रममा बिशिस्ट अतिथि शिक्षा शाखा संयोजक नर बहादुर थापाले बालबालिकाको समग्र बिकासमा विद्यालयको जिम्मेवारी हुने बताउनुभयो । कार्यक्रम गोरखनाथ माध्यमिक विद्यालय अर्चलेका सहायक प्रधानाध्यापक लाल बहादुर बयम्बु,देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष महेन्द्र बयम्बु,अर्चले खेलकुद तथा समन्वय समितिका अध्यक्ष कृष्ण बहादुर सुनारी लगायतकाले बोल्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेम बहादुर बयम्बुले आर्थिक वर्ष २०७७/२०७८ को करीब २० लाख लाख ५१ हजार रुपैयाँ बराबरको आम्दानी खर्च सहित प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शैक्षिकसत्र २०७८ सालको परीक्षामा पुरस्कृत विधार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । विद्यालयका सहायक शिक्षक टुकी सरा बरालको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सन्चालन शिक्षक लिलाराम राईले गर्नुभएको हो ।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update