Erani Mahal
निस्दीमा मगर भाषाको चलचित्र माराङ प्रदर्शन
263056086_233136385612872_800203495374947001_n
पाल्पा - निस्दी गाउँपालिका पाल्पामा मगर भाषाको चलचित्र माराङ प्रदर्शन भएको छ । मगर जातिको भाषा, कला , साहित्य र संस्कृतिको संरक्षण एवं सम्बर्द्धन गर्ने उदेश्यले निर्माण गरिएको चलचित्र माराङ बुटवल पछि निस्दीमा प्रदर्शन गरेको हो । मगर भाषा र मगर साँस्कृतिकमा आधारित रहेर बनेको चलचित्रको लेखन तथा निर्देशन बुद्द्या सुनारी मगरको रहेको छ ।चलचित्रको छायांकन पाल्पाको निस्दी , तनहुँको रिसिङ र काठमाडौमा गरेको निर्देशक सुनारीले बताउनुभएको छ । तुलरुपा सारु मगरको लगानीमा बनेको चलचित्र माराङ सुनारी फिल्मसको ब्यानरमा बनेको छ । रामेश बाबु थापा मगर र सृजना मश्राङ्गी मगरको मुख्य भुमिका रहेको चलचित्रमा ५ वटा गीत समावेश गरिएको छ । चलचित्रमा गणेशमान घले , लक्ष्मी थापा मगर , टीका थापा मगर , प्रेम माया थापा मगर , टेक राना मगर , राज बयम्बु मगर र अन्य स्थानीय कलाकारहरुको अभिनय रहेको छ । मंसिर २८ र २९ गते २ दिन प्रदर्शन गरेको चलचित्र हेर्न दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त अवसरमा चलचित्र छायांकनको क्रममा सहयोग पुर्‍याउने तथा अभिनय गर्ने स्थानीय कलाकारहरुलाई सम्मान गरेको छ । चलचित्र प्रदर्शनको व्यवस्थापनमा सहयोग परिवर्तनका लागि युवा निस्दी - ४ , मित्याल , झ्यालतुङले गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update