Erani Mahal
ओमिक्रोनको प्रभावलाई कम आँकिएको भन्दै डब्ल्यूएचओका महानिर्देशकद्वारा चिन्ता व्यक्त
omicron_F3TMh9Zbfb
काठमाडौं- विश्व स्वास्थ्य संगठन ९डब्ल्लूएचओ० ले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन ‍सम्भवतस् विश्वका अधिकांश देशमा पहिलानै रहेको र अहिले तिव्रगतिमा फैलिरहेको बताएको छ। विश्वका ७७ देशमा यो भाइरस पुष्टि भएको डब्लूएचओले जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनम गेब्रियेससले यो सायद पहिला नै मानिसमा रहेको तर यसबारे थाहा नभएको हुनसक्ने र अहिले तिव्र गतिमा फैलिरहेको बताउनुभएको छ । उहाँले ओमिक्रोनको प्रभावलाई कम आकिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने हामीले यो भाइरसको जोखिमलाई कम वास्ता गरिरहेका छौं। ओमिक्रोनका कारण मानिसहरु गम्भीर रुपमा बिरामी परिरहेका छैनन् तर तिब्र रुपमा फेलिरहेको यो भाइरसले हाम्रो कमजोर स्वास्थ्य प्रणालीलाई प्रभावित गर्न सक्छु उहाँले भन्नुभयो। ओमिक्रोनको पहिलो लक्षण दक्षिण अफ्रिकामा भेटिएको थियो। ‍र, विश्वभर कयौं देशमा यसको संक्रमण तिव्ररुपमा बढिरहेको छ। कयौं देशमा ओमिक्रोनका कारण दक्षिण अफ्रिका र यसको छिमेकी देशमा यात्रा प्रतिबन्ध लगाएका छन् तर यतिले विश्वभर भाइरस फैलनबाट रोकिएको छैन।
प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update