Erani Mahal
गर्भवती अवस्थामा खानाकाे ख्याल कसरी राख्ने
pregnency1608796711
महिलाहरुलाई गर्भवती भएपछि एक किसिमको डर र त्रास हुन्छ। यस्तो किसिमको त्रास सुरुको महिनाहरुमा अलि बढी र पछिल्ला दिनहरुमा अलि कम हुन्छ। यसले स्वास्थ्यमा पनि गडबडी ल्याउँछ। गर्भवती सुरु भएको पहिलो महिना काट्दा नकाट्दै खाना मन नलाग्ने, वाक वाक हुने, वान्ता हुने हुन्छ। यस्ता समस्या तीन महिनासम्म रहन्छ र विस्तारै कम हुँदै जान्छ। ढाड दुख्ने, तल्लो पेट दुख्ने, रिङ्गटा लाग्ने, टाउको दुख्ने पनि हुन्छ। गर्भवती सुरु भएपछि शरीरमा हर्मोनको मात्रा तिव्र हुने भएकाले हर्मोनमा असन्तुलन देखिन थाल्दछ। फलस्वरुप पाचन प्रक्रियामा सुस्तपन आउने, पित्त बढ्ने जस्ता कारणले गर्दा वाक वाकी लाग्ने, घाँटी पोल्ने, बिहानी पख खाली पेटमा बढी समस्या देखिने हुन्छ। यस्तो समस्या भएपनि आत्तिनु हुँदैन। रसिलो, पोषिलो खाने, हल्का खाना खाने, खाली पेट नबस्ने, चिया, चाउचाउ, मासु, पाउरोटी, बिस्कुट नखाने यस्ता कुराहरुको झनै बढी पेट र उल्टी आउने पनि अप्ठ्यारो बनाउने गर्दछन्। कुनै पनि औषधिले वान्ता आउने बन्द गराउन सकिदैन कम गराउन सकिन्छ। तर वान्ता बन्द गराउनु राम्रो हुँदैन। बिस्तारै ती महिनापछि हटेर जान्छ। फलफूल, दालको रस, भिजाएको चना, बिहान खाली पेटमा बिस्तारै चपाएर खाने, अग्लो सिरानी राखेर सुत्ने, बिहान बिस्तारै उठेर हिड्ने, बिहान रोटी, फलफूल, तरकारी वा कमलो भात खाने, खाना थोरै तर ३÷३ घण्टामा खाने, आराम गर्ने, ग्लुकोज पानी पिउने गर्नाले शरीर कमजोर हुन पाउँदैन। एकदमै बढी भएमा र खानेकुरा मुखबाट खान नसकेमा नसाबाट ग्लुकोज पानी दिनुपर्ने हुन्छ। धेरै कमजोरी भएमा विचार गर्नुपर्दछ। शरीरमा हर्मोनको मात्रा बढी भएपछि शरीरको काम गर्ने शक्ति नहुने र पाचन प्रणालीमा मांसपेशीहरु कमजोर हुन्छन्। यसकारण तल आउनुपर्ने ग्याष्ट्रिक र छातितिर गई खाना खाने नलिसम्म पोलेको हुन सक्छ। यस्तो भएमा हिड्ने, डुल्ने, अग्लो सिरानी गरेर सुत्नुपर्दछ। खानेकुराले उल्टी आएमा खाने कुरा कम खाने/बेलुकाको खाना छिटो खाने, खाना खाएर एक दिन घुम्ने, खाना सादा खाने, भुटेका, तारेका कुराहरु नखाने, मनमा पिर चिन्ता, तनाव, डर, त्रास नलिने गर्नुपर्दछ।
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update