Erani Mahal
नेल्टा पाल्पाकाे छैठाैँ अधिवेशन सम्पन्न
3 (2)
पाल्पा – नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाको छैठौ अधिवेशन, साधारणसभा तथा १ दिने कार्यशाला तानसेनमा सम्पन्न भएको छ । उक्त साधारण सभा तथा अधिवेशन र कार्यशालाको उद्घाट्न प्रमुख अतिथि, नेपाल अंग्रेजी भाषा शिक्षक संघ(नेल्टा)का केन्द्रीय कोषाध्यक्ष तथा त्रिभुवन विश्व विद्यालयका सहायक प्रध्यापक अशोक सापकोटाले शिक्षक र प्राध्यापकहरुको पहिलो उत्तरदायित्व पेशागत व्यवसायिक दक्षता अभिवृत्ति गर्नु रहेकाे बताउनुभयाे । उहाँले शिक्षकले शैक्षिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु रहेको कुरा बताउनुभयो । सापकोटाले नेपालमा अंग्रेजीभाषा शिक्षण तथा प्रवद्र्धनमा नेल्टा जस्तो पेशागत संगठनले देशी बिदेशी विषय विज्ञहरुको सहयोगमा विभिन्न तालिम, कार्यशाला र सम्मेलनहरु सञ्चालन मार्फत अंग्रेजी भाषा शिक्षकहरुको ज्ञान सिप र अनुभवलाई निर्खानमा सहयोग पु¥याइरहेको कुरा व्यक्त गर्नु भएको थियो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेल्टा लुम्विनी प्रदेश समिति सदस्य प्रेमकुमारी थापा र नेल्टा पाल्पाका पूर्व अध्यक्ष रामनाथ न्यौपानेले अंग्रेजी भाषा हरेक भाषाहरु मध्ये सबै भन्दा बढी उपयोगी र महत्वपूर्ण रहेकोले सबै व्यक्तिहरुमा अंगे्रजी भाषाको न्यूनतम आधारभूत ज्ञान हुनु नितान्त आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा शिक्षक महासंघका उपाध्यक्ष केशव के.सी., प्याब्सन पाल्पाका कोषाध्यक्ष गंगाबहादुर खत्री, रम्भा गाउँपालिका प्रतिनिधि गीता गौतम, शिक्षक नेतृ संगीता पान्डे, सल्लाहकार उत्पल कुमार बज्राचार्यले अधिवेशनको सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो । संस्थाका सचिव हरिप्रसाद घिमिरेले संस्थाको कार्यप्रगति तथा आर्थिक प्रतिवदेन प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा रम्भा गाँउपालिका र रिब्दीकोट गाँउपालिकाले नेल्टाको वार्षिक कार्यक्रम अनुसार उक्त पालिकाका शिक्षकहरुको लागि तालिम कार्यशाला सञ्चालन गर्नमा आर्थिक सहयोग गरेबापत सम्मान गरिएको थियो । बेथल बोर्डिङ स्कुल तानसेनमा सम्पन्न भएको कार्यक्रम नेल्टा पाल्पाका अध्यक्ष खेमबहादुर सारुकको अध्यक्षता, उपाध्यक्ष कमलराज बस्यालको स्वागत र सचिव हरिप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । छैठौ साधारणसभा अधिवेशबाट कमलराज बस्यालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा हरिप्रसाद घिमिरे, सचिव लोकेन्द्र थापा, कोषाध्यक्ष अच्युतराज नेपाल, सहसचिवमा इना राना, सदस्यहरुमा खगेन्द्र बस्याल, मञ्जु कोइराला, संगीता पान्डे, गोपाल ढुङ्गाना, बिजय अधिकारी र नारायण चापागाई निर्विरोध निर्वाचित हुनु भएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update