Erani Mahal
ओलीले एमालेलाई आफ्नो व्यक्तिगत कम्पनीजस्तो बनाए : नेता खतिवडा
IMG_1519 (1)
पाल्पा - नेकपा समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले केपी ओलीले एमालेलाई आफ्नो व्यक्तिगत कम्पनीजस्तो बनाएको आरोप लगाउनुभएको छ । केपी ओलीले तत्कालित नेकपा र एमालेलाई व्यक्तिगत कम्पनीजस्तो गरी चलाएकाले आफूहरूले विद्रोह गर्नुपरेको नेता खतिवडाले उल्लेख गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) पाल्पाले शुक्रबार तानसेनमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै खतिवडाले ओलीमा रहेको व्यक्तिगत स्वेच्छाचारिता, व्यक्तिवाद, बा प्रवृत्ति, अन्धभक्त प्रवृत्तिले एमाललाई सडकमा पु¥याएको बताउनुभयो । ओलीलाई एमाले र कम्युष्टि पार्टीले प्रधानमन्त्री र नेता बनाएको हो खतिवडाले भन्नुभयो तर ओलीमा म भएकाले नेकपा र एमाले बन्यो भन्ने अहङ्कार देखियो, त्यही अहङ्कारले ओलीलाई बालुवाटारबाट बल्कोट र नारायणीको किनारमा पु¥यायो । पार्टीको सही विचार र कार्यक्रमले मात्रै सानाठूला बनेको उदाहरण दिनुहुँदै उहााले समाजवादीले लिएको विचार र पार्टीको नीतिले केही समयमै देशकै ठूलो पार्टी बन्ने दावी गर्नुभयो । वि.स. २००६ सालमा कम्युष्टि पार्टी स्थापना गर्दा पुष्पलाल लगायतका नेताहरूमात्र आन्दोलनमा लागेको इतिहास रहेको बताउँदै उहाँले पछि त्यसले आकार लिदैँ देशकै ठूलो पार्टी बनेको बताउनुभयो । स्वास्थ्यमन्त्री समेत रहनुभएका नेता खतिवडाले वर्तमान सत्ता गठबन्धन चुनावसम्मै कायम रहने बताउनुभयो । हाल सत्तामा वि.स.२०३६, २०४६ र २०६२÷०६३ को परिवर्तनका बेला सहयात्रा गरेका दलहरूको सहकार्य रहेकाले उक्त गठबन्धन आगामी निर्वाचनसम्म रहने दावी उहाँले गर्नुभयो । उहाँले केपी ओलीले अब कमल थापाको पार्टीसँग मात्रै सहकार्य गर्ने जिकिर गर्नुभयो । आगामी स्थानीय, प्रदेश र सङ्घको चुनावमा कम्युनिष्ट, वामपन्थी र परिवर्तनकारी पार्टीहरूको बीचमा सहकार्य हुने उहाँले उल्लेख गर्नुभयो । खतिवडाले आफ्नो सत्ता स्वार्थका लागि ओलीले माओवादीसँग पार्टी एकता गर्दा ‘जबज’ त्यागेको बताउँदै अब ओलीले ‘जबज’का कुरा गर्न नसुहाउने बताउनुभयो । मन्त्री खतिवडाले केपी ओलीको सरकारले काम नगरी उद्घाटन र शिलान्याश मात्र गरेकाले आफूले त्यसलाई सुधार गर्दै लैजाने बताउनुभयो । मन्त्री खतिवडाले कोरोनाबाट बच्नका लागि सरकारले सबै नागरिकलाई खोप उपलब्ध गराएको र छिट्टै सबैलाई बुष्टर खोप समेत उपलब्ध गराउने बताउनुभयो । ‘अब खोपको अभाव हुँदैन मन्त्री खतिवडाले भन्नुभयो हामी ओम्नीजस्ता काण्ड नगरी जनतालाई खोप उपलब्ध गराउँछौँ ।’ कार्यक्रममा समाजवादीका केन्द्रीय सदस्य साेमप्रसाद पाण्डेय, अर्का केन्द्रीय सांसद एवं लुम्विनी प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक भेषराज सुबेदी लगायतले मतव्य राख्नुभएकाे थियाे । कार्यक्रम जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय कमलकाे अध्यक्षता र सचिव माेहनलाल गैरेकाे संचालनमा सम्पन्न भएकाे थियाे ।
प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update