Erani Mahal
जानी राखौं, किन नियमित गाजर खाने ?
carrot-_20211206064455
जाडोयाम सुरु भएको छ । रोगबाट प्रभावित हुने बिरामीको संख्या पनि यही मौसममा बढी हुन्छ । यतिबेला खानपानमा विशेष ध्यान दिनुपर्छ । समयमै दैनिकी खानपानशैलीमा ध्यान दिन सकेन भने रोगको शिकार हुन बेर लाग्दैन । त्यसैले सन्तुलित खानापान, शरीरलाई न्यानो राख्ने र सरसफाइमा विशेष ध्यान दिनुपर्छ। साथसाथै नियमित शारीरिक व्यायामलाई पनि प्राथमिकतामा राख्नुपर्छ । उसो त हामीले गाजरलाई सलादको रुपमा खाएकै हुन्छौं । तरपनि जाडो मौसममा यसलाई नियमित खान सक्यौं भने कतिपय रोग लाग्नबाट बच्न सकिन्छ । गाजरमा प्राय सबै किसिमका पौष्टिक तत्वहरु पाइन्छन् । त्यसैले गाजरलाई जाडोको ’सुपरफुड’ भनिन्छ । यसमा एन्टिअक्सडेन्ट गुण हुन्छ। जसले फ्रि रेडिकलबाट बचाउँछ। गाजर आँखा, मधुमेह, मुटु र क्यान्सर बिरामीका लागि फाइदाजनक मानिन्छ । यसले कब्जियतको समस्याबाट पनि मुक्ति दिन्छ । आँखाका लागि गाजर : गाजर आँखाका लागि धेरै राम्रो मानिन्छ । यसमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । भिटामिनले आँखाको स्वस्थ राख्न मद्दत गर्छ । यसले मोतियाविन्दु तथा अरु आँखाजन्य रोग लाग्न बाट बचाउँछ । क्यान्सरबाट बचाउँछ : नियमित गाजर खाँदा क्यान्सर लाग्नबाट बचाउँछ । यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरको हानिकारक फ्री रेडकल्ससँग लड्न मद्त गर्छ। क्यान्सरसँग लड्नका लागि एन्टीअक्सिडेन्टहरु धेरै महत्वपूर्ण मानिन्छन् । मुटुका लागि फाइदाजनक : गाजर मुटुका लागि पनि फाइदाजनक मानिन्छ । यसमा भएको एन्टिअक्सिडेन्ट मुटुका लागि महत्वपूर्ण हुन्छ । यसका साथसाथै गाजरमा रहेको पोटासियम ब्लड प्रेसरको कन्ट्रोल राख्नमा मद्दत गर्छ । गाजरमा पाइने फाइबरले अनावश्यक तौल बढ्न दिँदैन । अन्य मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ । प्रतिरक्षा प्रणाली बढाउँछ : प्रतिरक्षा प्रणाली बढाउनमा गाजर धेरै फाइदाजनक छ । यसमा रहेको भिटामिन सीले एन्टीबडिज बनाउनमा मद्दत गर्छ जसले प्रतिरक्षा प्रणालीलाई बचाउँछ । भिटामिन सी शरीरमा आइरन लिन, यसको प्रयोग गर्न र संक्रमण रोक्न मद्त गर्छ । कब्जियतको समस्या भगाउँछः कब्जियतको समस्या भएकाहरुलाई गाजर धेरै फाइदाजनक मानिन्छ । बेलाबेलामा कब्जियतले दुःख दिइरहन्छ भने नियमित रुपमा काँचो गाजर खाँदा यसबाट मुक्ति पाउन सकिन्छ । यसमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र भिटामिन के हुन्छ । यिनीहरुले हड्डी बलियो बनाउनमा मदद्त गर्छन् । मधुमेह नियन्त्रण गर्छ : गाजरले मधुमेहलाई पनि नियन्त्रणमा राख्छ । त्यसैले मधुमेहका बिरामीलाई जागरलगायत बिना माड भएका तरकारी खान सल्लाह दिइन्छ। गाजरमा रहेको फाइबरले सुगर नियन्त्रण राख्नमा मद्दत गर्छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update