Erani Mahal
तीन महिना पुरा भएका गर्भवतिहरुलाई कोरोना खोप लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
pregnent1613132456
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवति महिलाहरुलाई कोरोना विरुद्धको खोप लगाउन अनुरोध गरेको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले पहिलो तीन महिना कटिसकेका सबै गर्भवति महिलाहरुलाई नजिकैको खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयोे,‘गर्भवतिलाई खोप दिन सुरु भईसकेको पनि छ । खोप नलगाएका पहिलो तीन महिना कटेका सबै महिलालाई नजिकैको खोप केन्द्रमा गई खोप लगाएर आफुलाई सुरक्षित राख्न अनुरोध छ ।’ उहाँले नेपालमा उपलब्ध खोपमध्ये कुनै पनि खोप लगाउन सकिने बताउनुभयो । नेपालमा हाल अक्सफोर्ड एस्ट्राजेनेका, कोभिसिल्ड, भेरोसेल, फाइजर र मोडर्ना खोप उपलब्ध छ । निर्देशक लालले हाल कोभिसिल्ड र भेरोसेल खोप पर्याप्तm रहेको बताउनुभयो । फाइजर र मोडर्ना भने सरकारले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई लगाउने निर्णय गरिसकेको छ । उहाँले पछिल्लो समय कोरोना विरुद्धको खोपको अभाव नभएको र आगामी दिनका लागि खोप सुनिश्चिता भई सकेको भन्दै कुनै शंका नमानि खोप लगाउन आग्रह गर्नुभयो । खोपको उपलब्ध हेरी सरकारले कोरोना विरुद्धको खोप अभियान रणनीति परिवर्तन गरी १८ वर्ष माथिका सबैलाई खोप सुरु गरेको निर्देशक लालले बताउनुभयो । उहाँले १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिकाका लागि फाइजर र मोडर्ना खोप आउन लागेकोले सबै विद्यालयमा खोप केन्द्र राखि अभियान संचालन गरिने बताउनुभयो । उहाँले भन्नुभयो,‘आगामी केही दिन भित्रै अभियान खोप अभियान संचालन गर्न पूर्व तयारी गरिरहेका छौँ । त्यस समयमा सबैले सहयोग गर्नुहोला ।’
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update