Erani Mahal
पाल्पामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
262756471_1229700454190904_1516803171868495950_n
पाल्पा– पाल्पा जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । शुक्रबार साझ ७ बजे तानसेन नगरपालिका– ९ दमकडामा लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटनामा परी ट्याक्टर धनी ४१ वर्षिय दिपक ढकालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तानसेन नगरपालिका– ९ दमकडा स्थित देउरालीबाट दमकडा तर्फ दाउरा लोड गरी लैजाने क्रममा सो ट्याक्टर दुर्घटना हुदाँ सहचालक बगनासकाली गाउँपालिका– २ का २१ बर्षिय हिरा कुमाल घाईते भई उपचार भईरहेको छ । ट्याक्टर चालक तानसेन नगरपालिका– ९ दमकडाका २४ बर्षिय सुजित कुमाल भने फरार रहेको प्रहरीले जनाईएको छ । यश अघि प्रकाशित समाचारमा प्रहरीकार्यालय पाल्पाका अनुसार हुनुपर्नेमा अन्यथा हुन गएकाले सच्चाइएकाे छ ।
प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update