Erani Mahal
पाल्पामा शुक्रबार २० जनामा कोरोना संक्रमण पुष्टि
Corona___
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा २० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पूर्वखोला गाउँपालिकाका ७ जना, रैनादेवी छहरा गाउँपालिकाका ८ जना, रिब्दीकोट गाउँपालिकाका ४ जना र तानसेन नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल १ सय ७५ जनाको कोरोना परीक्षण गरिएकोमा २० जना संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले शुक्रबार १८ जना संक्रमित निको भएका छन । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ३१ पुगेको छ । सक्रिय संक्रमितमध्ये २७ जना होम आइसोलेसनमा र ४ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update