Erani Mahal
पाल्पामा थप २० जनामा काेराेना पुष्टी, सचेत रहन विज्ञकाे आग्रह
corona-gg
पाल्पा –पाल्पामा निरन्तर घटेको सक्रिय संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पाल्पामा पछिल्लो २४ घण्टामा १ सय ७५ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा २० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पूर्वखोला गाउँपालिकाका ७ जना, रैनादेवी छहरा गाउँपालिकाका ८ जना, रिव्दीकाेट गाउँपालिकाका ४ जना, ब र तानसेन नगरपालिकाका १ जनामा गरी ७ पुरुष र १३ जना महिला गरी २० जनमा पुष्टि भएको हो । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ३१ जना पुगेको स्वास्थ कार्यालय पाल्पाले शुक्रवार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरेको छ । तीमध्ये १८ जना संक्रमणमुक्त भएका छन् । भौतिक दूरी कायम नहुँदा र आवतजावतका क्रममा मास्कको समुचित प्रयोगमा ध्यान नदिँदा जोखिम बढेको हो । विज्ञका अनुसार थप स्वास्थ्य मापदण्ड अपनाउँदै सचेत रहन आग्रह गरिएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update